नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ गुनानामा शुक्रबार बिहान समीर भाट र कलिम भाट सडकमा निस्फिक्री घुमफिर गरिरहेका थिए ।
१२० दिन लामो बन्दाबन्दी खुलेको दुईदिनमात्र वितेको थियो । बन्दबन्दी खुलेसगैं जनजिवन सामान्य बन्दै आइरहेका बेला उनीहरु सडकमै निस्फिक्री आफ्नै धुनमा घुमफिर गरिरहेका थिए ।
वर्षातको समय विहान पख शितल मौसममा सडकमै आफ्नो धुनमा रहेका समीर र कलिमलाई आफूले गरेको अपराध र त्यसको नतिजा भोग्नुपर्छ भन्ने सामान्य हेक्का पनि थिएन । तर, एकाएक उनीहरु प्रहरीको पकडमा आए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइरहँदा वरिपरिका वासिन्दा भने अनभिज्ञ थिए । के भयो हेर्दै र बुझ्दै जाँदा जब प्रहरीले पक्राउ पुर्जी थमायो तब उनीहरु फरार अभियुक्त रहेको चाल पाए ।
बाँके कोहलपुर स्थित पीपिसी ईट्टा भट्टा उद्योगमा काम गर्दै आएका उनीहरु सोही स्थानमा काम गर्ने सोनु कसगढ भनिने सद्दाम शेखलाई ज्यान मार्ने उद्देश्यका साथ कुटपिट गरेका थिए । घटना यही जेठ ९ गते विहान साढे ९ बजेको थियो ।
पक्राउ परेका भाटले सोनुलाई कुटपिट गरि सोही दिनदेखि फरार रहेका थिए । लगत्तै सोनुले ज्यान मार्ने उद्योगमा उनीसहित चारजनामाथि उजुरी दर्ता गराएका थिए ।
प्रहरीमा उजुरी परेलगत्तै उनीहरुको खोजीमा बाँके प्रहरी थियो । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइ वैशाख ९ गतेबाट फरार रहेका ४ जना मध्ये २ जना भाटद्वयलाई शुक्रबार साढे ११ बजे बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बाँके प्रहरीका अनुसार कोहलपुरको पीपिसी ईट्टा भट्टा उद्योगमा काम गर्दै आएका सोनु कसगढ भनिने सद्दाम शेखलाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका वडा नम्बर ७ गुनाना बस्ने १९ वर्षीय समिर भाट र २९ वर्षीय कलिम भाटलाई पक्राउ गरिएको हो ।
कुटपिटबाट गम्भीर घाईते भएका शेखले उनीहरुबिरुद्ध जेठ १३ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । घटनालगत्तै फरार भएकामध्ये दुई जनालाई उनीहरुकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले पुष्टि गरेका छन् । भने थप दुई जना फरार रहेकाको खोजी भइरहेकोछ ।
पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । सोही ठाँउका २२ वर्षिय इरफान भाट र ५० वर्षिय नजिर भाटको खोजी कार्य भइरहेको प्रवक्ता खड्काले बताए ।