नेपालगन्ज : कोरोनाका कारण जारी लकडाउनले समस्यामा परेका खेलाडीलाई बाँके जिल्ला फुटबल संघले राहत वितरण गरेको छ । कोरोनाका कारण समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही बताउँछन् ।
कोरोनाका कारण समस्यामा परेका खेलाडीलाई राहत प्रदान गर्न एन्फाले पठाएको ७५ हजार रुपैँया बाँकेका ४३ जना खेलाडीलाई प्रदान गरिएको छ । उनका अनुसार, एन्फाले पठाएको रकम प्रति खेलाडी एक हजार सात सय ४५ रुपैँयाका दरले वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१, स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा आयोजित कार्यक्रममा खेलाडीलाई राहत वितरण गरिएको थियो ।
प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।
खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, लगायतले राहत वितरण गरेका थिए ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?