मिना ढकालले किर्ते गरी रकम हिनामिना गरेको अध्यक्ष र कोषाध्यक्षको आरोप

मेला रकम हिनामिना भाग : २


दामोदर भण्डारी दामोदर भण्डारी   बुधबार, साउन २१, २०७७
मिना ढकालले किर्ते गरी रकम हिनामिना गरेको अध्यक्ष र कोषाध्यक्षको आरोप

 



नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिले संचालन गरेको मेलामा महिला उद्यमी समिति तथा मेला सह संयोजक मिना सुवेदी ढकालले किर्ते गरी २५ लाख भन्दा बढी रकम हिनामिना गरेको ओरोप लगाइएको छ ।
घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा मेला संयोजक रचना श्रेष्ठ र मेला कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक मो.वाहाव खाँ ले मेला सह संयोजक ढकालले विभिन्न कागजात किर्ते गरी मेलाको रकम हिनामिना गरेको बताएका हुन् ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा मेला संयोजक श्रेष्ठ र मेला कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक खाँ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेमा बोधार्थ दिंदै जिल्ला प्रशासन कार्यालय बाँकेमा ढकाल विरुद्ध किर्ते गरी रकम हिनामिनाको उजुरी दर्ता गराएका छन् ।

अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष खाँ ले दर्ता गराएको उजुरीमा मेला समितिका सह संयोजक ढकालले रजिष्टरमा लेखिएको निर्णय र हस्ताक्षर स्क्यान गरी समितिको नाममा विभिन्न बैंकमा छुट्टै खाता खोली चेक जम्मा गरेर रकम निकाली हिनामिना गरेको उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मेला समितिको २०७६ मंसिर ९ गते मिना सुवेदी ढकालको समेत उपस्थितीमा बैठक बसी मेलाको सम्पूर्ण आर्थिक कृयाकलाप गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष रचना श्रेष्ठ, महासचिव सतीष अधिकारी र कोषाध्यक्ष मोहम्मद वाहब खाँ को संयुक्त नाममा खाता संचालन गर्ने र मेलाको सम्पूर्ण रकम यसै खातामा जम्मा र खर्च गर्ने निर्णय गरेको थियो भनि उजुरीमा उल्लेख छ ।

तर सह संयोजक ढकालले अध्यक्ष तथा संयोजक रचना श्रेष्ठको हस्ताक्षरलाई फोटो खिची, स्क्यान गरी गैर कानुनी प्रकृयाले पत्राचार गरी विद्यान र बैठकको निर्णय विपरित महिला उद्यमी समितिको खाता राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखा र कैलाश विकास बैंकमा छुट्टै खाता खोली प्रायोजकहरुको रकम, सह प्रायोजकको रकम, टिकट र नेपाल सरकारले दिएको रकम उक्त खातामा गैर कानुनी तरिकाले जम्मा गराइ रकम निकालेर हिनामिना गरेको अध्यक्ष र कोषाध्यले जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको उजुरीमा उल्लेख छ ।

हरहिसाब माग्दा ढकालले उल्टै मार्ने र कुनै पनि मुद्दा लगाइ फसाई दिने धम्की दिएको श्रेष्ठ र खाँ ले उजुरीमा लेखेका छन् । उनीहरुले ज्यू ज्यानको सुरक्षा समेत प्रशासनसंग मागेका छन् ।

‘मिना सुवेदी ढकालले छुट्टै बैंक खाता खोली मेलाको प्रायोजकको रकम, टिकटबाट उठेको रकम, सह प्रायोजकको रकम र नेपाल सरकारबाट प्राप्त २५ लाख रकम गैह्रकानुनी तरिकाले जम्मा गराइ हिना मिना गर्नु भएको छ ।’ दुई पानाको उजुरीमा अगाडी लेखिएको छ ‘हिसाब माग्दा ढकालले उल्टै हामीलाई ज्यान मार्ने, कुनै पनि मुद्दामा फसाई दिने धम्की दिएको हुँदा प्रस्तुत् निवेदनको अन्तिम नहुन्जेलसम्म उक्त खाता रोक्का गरी, अन्यायीलाई कार्यालयमा बोलाई मेलामा शुरुदेखि उठेको सम्पूर्ण रकम नगर समितिको खातामा जम्मा गराई, निज ढकाललाई कानुन बमोजिम कार्वाही गरी हामीहरुको जीउ ज्यानको शान्ति सुरक्षा गरी पाउ ।’
घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश न. ५ बुटवलको संरक्षणमा २०७६ पुष ११ गते देखि २१ गते सम्म नेपालगन्जमा ‘दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषी प्रविधि व्यापार एंव पर्यटन महोत्सव गरिएको थियो ।’