‘कर्णालीका मुख्यमन्त्री’ पुस्तक आवश्यकता कि रहर ?


‘कर्णालीका मुख्यमन्त्री’ पुस्तक आवश्यकता कि रहर ?

नेपालगन्ज : कर्णाली प्रदेशले मुख्यमन्त्रीको आवरण फोटोसहित ‘कर्णालीका मुख्यमन्त्री’ नामक बाक्लो पुस्तक प्रकाशित गरेको भेटिएको छ । पुस्तकलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन गरिएको छ । परिकथा र गैरपरिकथा । कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन् भने त्यसलाई परिकथा भनिन्छ । सत्य घटनामा आधारित पुस्तक तर, काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ । गैरपरिकथा सत्य तथ्य, जस्तै ईतिहास, विज्ञान, वा जीवनीको बारेमा पुस्तक हो ।

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन् । बगैंचा देखि मानव शरीर सम्म । कुराकानी पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो । पुस्तक ठूलो स्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ । पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ । तर, पुस्तक केका लागि किन र लेख्ने ? यो जसका लागि लेखिन्छ वा लेखिदैछ त्यो आवश्यकता हो कि रहर ? किताबका लागि तयार व्यक्ति उक्त समयमा उक्त पुस्तकका लागि योग्य हो कि होइन वा उसको किताब नै तयार गर्नुपर्ने खास खासियत हो वा होइन ? यो बुझन जरूरी देखिन्छ ।

यसरी यो कथा लेखिरहँदा आएको ‘कर्णालीका मुख्यमन्त्री’ किताबको नाम एकदमै गज्जब छ । अनि किताबको आवरण फोटोको त कुरै छोडौं । भित्रि खुराक पनि ठिकै होला । त्यसमा मेरो भन्नु केही छैन् । तर, उक्त नाम र आवरण आजको दुनियाँमा कर्णाली प्रदेशका लागि उपयुक्त हो कि होइन ? मुख्यमन्त्री नामै दिएर पुस्तक निकाल्नु कतिको उपयुक्त हो ? अनि, मुख्यमन्त्रीको आवरण फोटो राखेर राज्यकोषको दोहन गर्न उपयुक्त हो वा होइन ? मेरो प्रश्न यति मात्रै हो ।

यदि मुख्यमन्त्रीको आफ्नै लगानीमा भए खैर ठिकै होला । तर, लगानी आफ्नै भए उनी बहाली भैरहेको बेला यसरी पुस्तक निकाल्दा शंकाको ठाउँ रहन्छ नै ? लाखौं रकम खर्चेको उक्त किताबमा मुख्यमन्त्रीको आवरण फोटोको ठाउँमा यस प्रदेशका पर्यटकीय स्थलको फोटो र कर्णाली प्रदेशका सम्भावनामा आधारित किताब निकालेको भए मुख्यमन्त्रीको उचाई बढ्ने थियो कि ? तर, आफ्नो फोटो नै कभर बनाएर व्यत्तित्व उजागर गर्न खोज्नु त्यो पनि आम कर्णाली जनताको करको रकमबाट कतिको जायेज होला ? मेरो यो प्रश्नको जवाफ मुख्यमन्त्रीले दिनैपर्छ ।
मुख्यमन्त्रीको आवरण र पुस्तकको नाममा आपत्ति होइन तर, आवश्यकता बाहिर किन सरकारी रकमको दोहन भैरहेको छ ? मेरो यतिबमात्रे चासो र जिज्ञासा हो । यसको खोजिनिति गर्न जरूरी देखिन्छ । नागरिकले तिरेको करबाट संकलन भएको राज्यको ढुकुटी आवश्यकता पहिचना बिनै दोहन गर्न लगाउँने र गर्ने तथा यसमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुने जोकोहीमाथि छानबिन गरी राज्य कोषको दोहन गर्नेमाथि कानूनी कारबाही गर्नुपर्छ । र, आगामी दिनमा यस्ता फजुल खर्च बन्द गरिनुुपर्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘कर्णालीका मुख्यमन्त्रीको’ ठाउँमा कर्णालीका धर्मसस्कृति, कर्णालीका पर्यटकीय क्षेत्र, समृद्धि कर्णाली नाम दिएर कर्णालीको सुन्दरताको आवरण राखिदिए कर्णालीका मुख्यसचिव लगायत यो किताब तयार गर्ने तयारकर्ताको केही जानेवाला थियो ? यतिबेला प्रदेश सरकारदेखि नगरपालिका होस वा गाउँपालिकादेखि वडापालिकामा समेत यस्तै यस्तै किताब निकाल्ने निहुँमा फजुल बजेट खर्च अभियान बढेको छ । यसरी निकालिएका किताबको कुनै सार्थकता देखिदैन् ।

कर्णालीका मुख्यमन्त्रीसँग मेरो नजिकको आत्मियता छ । तर, उनलाई मेरो प्रश्न छ ? यसरी आवरण फोटो टल्काउँदै आफ्नै नाममा पुस्तक प्रकाशित गर्ने त्यति ठूलो योगदान के ? मुख्यमन्त्री भएदेखि अहिलेसम्म कर्णालीमा दीर्घकालिन रहने गरी देखिने कतिवटा के काम गर्नु हो मुख्यमन्त्री जी ? एक चोटी पछाडी फर्केर आफूले गरेका कामको मुल्याङक गर्नुहोस त । कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो ।

कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहान्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्र बिन्दु हुन । यसका बिषयमा खोई पुस्तक निस्किएको ? खोई पुस्तकमा आवरण यस्ता सम्पदाको आएको ? यतिबेला आम कणाृलीबासी यो सत्ताको मात हो । राज्यकोषको ब्रमलुट गर्ने नालायकहरुलाई जनताले कारबाही गर्नैपर्छ ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन् । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दुखका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बेला व्यक्तिवादी पुस्तक प्रकाशित गरेर आफनो इतिहास निर्माण गर्न खोज्ने मुख्यमन्त्रीबाट अब कर्णालीले के अपेक्षा गर्ने ?

यद्यपी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले टेलिफोन कुराकानीमा उक्त पुस्तक सरकारको लगानीमा नभई आफनो व्यक्तिगत लगानीमा प्रकाशित गरेको जिकिर गर्दै आएका छन् । उनले भने ‘लगानी मेरो व्यक्तिगत हो । काम साथीहरूले गरेका छन् । तर, यो पुस्तकका लागि कति बजेट खर्च भो अहिले मलाई नि थाहा छैन् । बुझन पर्छ ।’

यद्यपी उनले दोहो¥याए ‘किताब चाँही मेरै लगानीमा निस्किएको हो ।’ मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारूसँग किताबका बिषयमा बुझ्दा उनी यस बारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।