नेपालगन्ज : बाँकेको कोहलपुरमा टाउन स्पोट्स क्लब गठन गरीएको छ । कोहलपुर न्यूरोडका खेलप्रेमीहरुको भेलाले भुपाल ओलीको अध्यक्षतामा क्लब गठन गरेका हुन ।
जसको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र उप्रेती उपाध्यक्षमा भुवन घिमिरे, महासचिवमा प्रदिप भट्टराई, उपमहासचिवमा राजेश रोकाय र कोषाध्यक्षमा जीवन धिताल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा बिनोद शर्मा, बिकास पौडेल र अनुराग ओलीलाई चयन गरीएको छ ।
कोहलपुर ११ नम्बर वडा कार्यालयको पछाडी रहेको चिल्ड्रेन पार्कको संरक्षण सम्वद्र्धन गर्नुका साथै खेलकुद गतिविधिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले क्लब गठन गरीएको क्लबका महासचिव प्रदिप भट्टराईले जानकारी दिए । पार्कभित्र क्लबका पदाधिकारीहरुको पहलमा व्याडमिन्टन कोर्ड समेत निर्माण गरीएको र पार्कको स्तरोन्नतीकालागि थप प्रयास सुरु गरीएको भट्टराईले बताए ।
चिल्ड्रेन पार्क ब्यवस्थापन समितिका संयोजक चण्डी प्रसाद गैरेको प्रमुख उपस्थितीमा गठन गरीएको क्लबको सल्लाहकारहरुमा व्याडमिन्टन क्लब कोहलपुरका अध्यक्ष गणेश कोईराला, चण्डी गैरे, उमेश गुरागाँई र मनोज आचार्यलाई चयन गरीएको भट्टराईले जानकारी दिए ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल