भेरीमा अटोमेटिक मेसिनबाट कोरोना जाँच

अब दैनिक एक हजार स्वाब परीक्षण : अध्यक्ष धिताल


भेरीमा अटोमेटिक मेसिनबाट कोरोना जाँच

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान भएको छ । यो मेसिन जडानपछि प्रयोगशालामा थोरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल बताउँछन् । मेसिन सञ्चालनपछि एकैपटक ४–५ घण्टामा एक हजार स्वाब परीक्षण हुनेछ ।

उक्त मेशिन जडानले घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई अव केही सहज पनि हुनेछ । उनले भने ‘हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सक्ने भएकाछौं ।’ 

‘अटोमेटेड मेसिन जडान भएकाले अहिले आरएनए एक्सट्रयाक्सन गर्नका लागि चाहिने ४–६ घण्टाको समय घटेर एक घण्टामा झर्नेछ । एक्सट्रयाक्सन पछि पीसीआर मेसिनमा राखेको दुईघण्टामै रिपोर्ट आउने अध्यक्ष धितालले जानकारी दिए ।

अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले ¥यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरी अस्पतालमा एउटा मात्र पीसिआर मेसिन छ । उक्त मेसिनमा एकपटकमा ७२ वटा स्वावको परीक्षण हुने गरेका छन् । प्रयोगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरेसँगै अर्को पीसिआर मेसिनको समेत आवश्यकता पर्नेछ ।

सरकारले यसअघि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गर्ने लक्ष्यअनुरुप प्रदेश नम्बर ५ को भेरी अस्पताल नेपालगन्जमा जडान गरिएको हो । यस्तै यही मेसिन प्रदेश नम्बर १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा, प्रदेश नम्बर २ को नारायणी अस्पताल वीरगन्ज, गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरा, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती अस्पतालमा जडान गर्ने लक्ष्य लिएको थियो ।