कोरोना पोजेटिभ महिलाले जन्माएको शिशुको मृत्यु

अस्पतालमा आमा , बुवा आइसोलेसनमा


कोरोना पोजेटिभ महिलाले जन्माएको शिशुको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित आमाले जन्माएको शिशुको मृत्यु भएकोछ । शिशुको सोमबार विहान १ः२० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका सहायक–निर्देशक नितेशकुमार डाक्टर नितेश कुमार कानोडियाद्वारा जारी सूचनामा उल्लेखछ ।

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा गत साउन २४ गते कोरोना संक्रमित महिलाको सफल शल्यक्रियाबाट उक्त शिशुको जन्म भएको थियो ।

डेलिभरीका लागि भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी रुकुम चौरजहारीकी २८ वर्षिय आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो ।

गत साउन २४ गते रिफर गरिएकी ती महिलाको सोही दिन राति ९ः३५ बजे शल्यक्रिया गरिएको थियो । ती महिलाले २ किलो ७ सय ग्राम तौलको शिशु (छोरा)को जन्म दिएकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

गर्भवती महिलाको शल्यक्रिया गर्नुपूर्व नै शिशुले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेको शिशु बचाउन हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको सह–निर्देशक डाक्टर कानोडियाद्वारा जारी उक्त सूचनामा उल्लेखछ ।

आइसियुमा राखेर उपचार भइरहेको शिशुले एक्कासी धड्कनले काम गर्न छाडेपछि मृत्यु भएको अस्पतालका सह–निर्देशक डाक्टर कानोडियाद्वारा जारी सूचनामा उल्लेखछ ।

यसअघि महिला प्रसुती हुन भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन । शल्यक्रियाको तयारी भइरख्दा उनमा एक्कासी ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरि सोही दिन शल्यक्रिया गरिएको थियो ।

बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको छ । मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित महिलाको श्रीमान पनि कोरोना पोजेटिभ छन् । उनी बाँकेमै आइसोलेसनमा छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोभिड–१९ लेभल ३ को अस्पताल हो । अस्पतालले योसहित तीनजना गर्भवतीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अछाम, कपिलबस्तु र रुकुमकी गर्भवतीको सफल शल्यक्रिया गरेकोमा शिशुको मृत्यु भएको पहिलो घटना हो ।