बाँकेको कोरोना अपडेट

नेपालगन्जका थप ९ जनामा कोरोना पुष्टि, अधिकाशं सरकारी कार्यालयका ब्यक्ति


नेपालगन्जका थप ९ जनामा कोरोना पुष्टि, अधिकाशं सरकारी कार्यालयका ब्यक्ति

नेपालगन्ज : बाँकेमा शनिबार दश जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्य ९ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेकाछन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

गत २४ घण्टामा ४७० स्वाब परीक्षण गर्दा बाँकेसहित १३ जनामा कोरोना भाइरस संक्रमण पाइएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ६ वर्षिय एक बालिका र १४ वर्षिय एक बालक, नेपालगन्ज उपमहानगरपालिका १२ का ४६ वर्षिय पुरुष र ३२ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०का ६४ वर्षिय बृद्ध र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षिय पुरुष यस्तै नेपालगन्ज उपमहानगरपालिकाको वडा नखुलेका ५७ वर्षिय महिला र ३१ वर्षिय महिला र १४ वर्षिय बालकमा कोरोना पुष्टि भएको छ । यस्तै बाँकेमा ठेगाना नखुलेको ३१ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा राजपुर १ दाङका ३७ वर्षिय पुरुष र बर्दिया गुलरिया वडा नम्बर ४ का २४ वर्षिय महिला र गुलरिया नगरपालिका वडा नम्बर ६ की २३ वर्षिय युवतीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यी संक्रमित सबैको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज उपमहानगरपालिका सहित जिल्ला समन्वय समितिबाट लिइएको स्वाब परीक्षणको रिपोर्ट हो । आज संक्रमित पुष्टि भएकाहरुको सम्पर्कमा धेरैजना सम्पर्कमा आएको बुझिएको छ । हालसम्म भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणबाट १२४३ जना कोरोना पुष्टि भएकोछ ।