ए झरी !
टप टप झर्ने
तिम्रो प्रत्यक थोपा पानीले
मलाई
अङ्गालोमा बेरिदाँ
बेस्सरी धकधक गर्ने
मेरो हुनै नसकेको उनको मुटुको
याद दिलाइरहेछ ।।
कसैलाई स्पर्श गर्न नछाड्ने,
तिम्रा थोपाले
मलाई
मेरा गालालाई उपहार स्वरुप दिने,
मायाले भरिपूर्ण
ति छुवाईहरू
एकएक गरी महसुस गराइरहेछ,
म सायद,
मनमनै जतिनै कमजोर भएपनि
दुनियाँका अगाडि निडर र साहसी
बन्न खोज्छु होला
तर, तिम्रो थोपा–थोपा पानी
र, बादलको बिछोडले
मलाई
मेरै बिछोड सम्झाइ रुवाइरहेछ ।
स्वीकृती शर्मा, नेपालगन्ज