बाँकेमा कोरोना संक्रमित चौथो ब्यक्तिको मृत्यु


बाँकेमा कोरोना संक्रमित चौथो ब्यक्तिको मृत्यु

नेपालगन्ज : नेपालगन्जमा पहिलोपटक लक्षणसहितको एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय बृद्धको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकै दिन ती बृद्धको मृत्यु भएको हो । कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार मृतक बृद्धमा साउन ३० गतेदेखि लक्षण देखिएको थियो ।

गत ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३२ गते नै स्वाब लिएर कोरोना परिक्षणको लागि पठाईएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा उपचाररत ती बृद्धको कोरोना रिपोर्ट जाँच गरिएको थियो । सोमबार दिउँसो ३ बजे आएको रिर्पोटमा उनी पोजेटिभ पाइएका थिए ।

दुबै साईडको फोक्सोको निमोनियाका कारण सिकिस्त बनेका ६५ वर्षिय बृद्धको सोमबार राती ११ः४० बजे मृत्यु भएको कोरोना फोकल पर्शन श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।

बाँकेको कोहपुरमा १ जना महिला, बैजनाथ गाउँपालिका १ जना महिला र बाँकेको नरैनापुरका एक जना पुरुषको यसअघि मृत्यु भइसकेकोछ ।