कोरोना जितेका १३ कैदी पुनः कारागार चलान


कोरोना जितेका १३ कैदी पुनः कारागार चलान

File Photo

नेपालगन्जः नेपालगन्ज कारागारमा रहदाँ कोरोना संक्रमित भएका १३ जना कैदी डिस्चार्ज भएकाछन् । कोरोना भाइरसमुक्त भएसगैं उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना मुक्त हुनेमा बाँके जिल्ला कारागारका कैदी भएको जानकारी दिए । कोरोना मुक्त भएसगैं कैदीलाई मङ्गलबार नै नेपालगन्ज कारागारमा ल्याइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना कैदीले कोरोना जितेका हुन् ।

योसंगै बाँकेमा कोरोना जित्नेको संख्या चार सय ६८ पुगेको छ । अव बाँकेका विभिन्न आइसोलेशनमा बसेर २ सय ६३ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको कोरोना फोकल पर्शन श्रेष्ठले बताए ।