बाँकेको कोरोना अपडेट

बाँकेका थप १९ सहित २४ जनामा कोरोना पुष्टि


बाँकेका थप १९ सहित २४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको तथ्यांकमा बिहीबार सबैभन्दा बढि बाँकेको कोहलपुर नगरपालिकामा संक्रमित भेटिएका छन् । 

कोहलपुरमा मात्रै १२ जनामा कोरोना संक्रमण पाइएकोछ । यी सबै कोहलपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । संक्रमित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर १ का तीनजा ३६ वर्षिय पुरुष, तीन जना २८ वर्षिय पुरुष, तीन जना ३५ वर्षिय पुरुष र दुई जना ३४ वर्षिय पुरुष रहेकाछन् ।

त्यसपछि बाँकेको जानकी गाउँपालिकामा पाँच जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । जानकी गाउँपालिका वडा नम्बर ४ का ३० वर्षिय एक पुरुष, वडा नम्बर ३ का २६ वर्षिय महिला र २५ वर्षिय महिला, ८८ वर्षिय पुरुष र ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

यस्तै नेपालगन्जमा २ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का ३१ वर्षिय पुरुष तथा वडा नम्बर १० का ५७ वर्षिय महिलामा कोरोना भाइरस देखिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै तानसेन नगरपालिका १२ पाल्पाका २१ वर्षिय पुरुष, आँधिखोला ४ स्याङ्जाका २७ वर्षिय पुरुष, रुरु ६ गुल्मीका ३३ वर्षिय पुरुष, पतराशी ५ जुम्लाका २२ वर्षिय पुरुष, खिगिदेम्बा५ ओखलढुङ्गाका ३४ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रम पाइएकोछ ।

योसगैं बाँकेमा कुल कोरोना संक्रमितको संख्या ७८७ पुगेकोछ । जसमध्ये २८७ जना उपचार गराईरहेकाछन भने हालसम्म ४९६ जना निको भइ डिस्चार्ज भएका छन् । यस्तै ४ जनाको मृत्यु भइसकेको छ ।

यसअघि बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का एकजना ३० वर्षिय महिला र ८ वर्षिय बालक तथा नेपालगन्जकै वडा नखुलेका ५५ वर्षिय बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

बुधबार नै बाँकेको कोहलपुरमा ८ जना कोरोना संक्रमित थपिएका थिए । संक्रमित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का एक जना ६ वर्षिय बालिका, एक जना ८ वर्षिय बालक, एक जना १० वर्षिय बालक, २७ वर्षिय पुरुष र एक एक जना ३० वर्षिय महिला र पुरुष रहेका थिए । भने कोहलपुर नगरपालिका वडा नम्बर ११ कै उमेर नखुलेको कोरोना संक्रमित दुई जना महिला भेटिएको भेरी अस्पताल नेपालगन्जले जनाएको थियो ।

त्यसैगरी बुधबार नै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ३१ वर्षिय पुरुष र बाँके बैजनाथ गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय युवतीमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।