नेपालगन्ज : बाँकेमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको कोरोना प्रतिवेदनका अनुसार बाँके नेपालगन्ज ९ जना, २ जना ठेगाना नखुलिएका, एक जना कोहलपुरका, राप्ती सोनारी गाउँपालिकामा दुई जना र नेपाल बैक लिमिटेड तथा साङ्ग्रीला बैकमा एक÷एक जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकोछ । यस्तै आजै सार्वजनिक उक्त रिपोर्ट अनुसार बार्दिया ६ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।
कोरोना भाइरस संक्रमण देखिनेमा आज बाँकेको नेपालगन्जका धेरै ब्यक्ति रहेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ का ३९ वर्षिय एक पुरुष, वडा नम्बर–४ का २९ वर्षिय एक महिला, नेपालगन्ज वडा नम्बर–७ का ७० वर्षिय बृद्धा र वडा नम्बर–८ का २५ वर्षिय युवतीमा कोरोना देखिएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का ३८ वर्षिय पुरुष, वडा नम्बर– ५ का ५१ वर्षिय पुरुष, वडा नम्बर– १२ का ४१ वर्षिय महिला, वडा नम्बर– १ का ६० वर्षिय बृद्ध, वडा नम्बर– १० का ३९ वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएको छ ।
यस्तै बाँकेका ठेगाना नखुलाइएका ४० र ५३ वर्षिय पुरुषमा समेत कोरोना भाइरस संक्रमण देखिएकोछ । भने कोहलपुर नगरपाििलका वडा नम्बर– १ का ४० वर्षिय पुरुष पनि संक्रमित भएकाछन् ।
यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–६ का दुई ब्यक्तिमा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । संक्रमित हुनेहरु २१ र ३० वर्षिय पुरुष रहेकाछन् ।
त्यसैगरी नेपाल बैंक लिमिटेडका ५७ वर्षिय पुरुष र साङ्ग्रीला बैंकका ५४ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएकोछ । यस्तै भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिपोर्ट अनुसार बर्दिया बाँसगढीका ६ जना ब्यक्तिमा कोरोना संक्रमण पाइएकोछ । बाँसगढी नगरपालिका–२ का ३० वर्षिय एक पुरुष, वडा नम्बर–९ का ३१ वर्षिय महिला, वडा नम्बर–३ का २०, २४, ५६ र २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा गरिएको ३५० नमुना परीक्षणमा २२ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म भेरी अस्पतालमा ३१ हजार १ सय ५२ नमुना परीक्षणका लागि प्राप्त भएकोछ । जसमा ३० हजार ६ सय ५० वटा नमुना परीक्षण भएकोछ । बाँकेमा हालसम्म ४ जनाको मृत्यु भएको छ । दुई महिला सहित चार जनाको मृत्यु भएको हो ।