बर्दियामा निषेधाज्ञा हट्यो, कोरोनाको जोखिम भने कायमै


बर्दियामा निषेधाज्ञा हट्यो, कोरोनाको जोखिम भने कायमै

बर्दिया : बर्दियामा जारी निषेधाज्ञा शुुक्रवार रातीदेखि हटाइएको छ । जिल्लामा पछिल्लो पटक कोरोना संक्रमितको सख्या बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनिकरणका लागि बर्दिया प्रशासनले गत साउन २५ गतेदेखि लगाएको निषेधाज्ञा हटाएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायणप्रसाद ढकालले निषेधाज्ञा हटेपनि कोरोनाको उच्च जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पालन गरेर व्यापार व्यावसाय तथा निजि सवारी साधन सञ्चालन हुने बताए । तर, भदौ ७ गतेबाट लागु हुने गरि सञ्चालन हुने उनले बताए ।

के खुल्यो ॽ

निषेधाज्ञा हटेसगैं जिल्ला भित्र सञ्चालन हुने सवारी साधनमा जोरविजोर प्रणाली लगाइएकोछ । भदौ ७ बाट यो प्रणाली लागु हुनेछ । मितिका अनुसार जोरविजोरमा सर्वसाधरणले सवारी साधन चलाउन पाउनेछन । यस्तै प्रत्येक शनिवार बाहेक अन्य दिनमा विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म स्वास्थ्य मापदण्ड प्रयोग गरि अत्यावश्यक पसल खुल्ला हुने, सामाजिक दूरी कायम सेवा प्रवाह गरिनुपर्ने । साथै सार्वजनिक सेवा प्रबाह गर्ने निकाय कार्यालयहरुले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड सुनिश्चित हुने विधि र प्रकृया अवलम्वन गरी सेवा प्रवाह गर्न पाउनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

के खुलेन

कोरोनाको संन्त्रास कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागी जिल्लाका विद्यालय, रेष्टुरेन्ट, होटल, व्युटिपार्लर, सैलुन, जिमखाना, सार्वजनिक सवारी साधन, सञ्चालन गर्नमा रोक लगाइएको छ । तर होटल तथा रेष्टुरेन्टले तयार पारिएका खाद्य परिकार लैजाने सेवा ‘टेक अवे’ सञ्चालन गर्न पाउने छन् । मन्दिर, मस्जिदमा भेला भई धार्मिक कार्य गर्न नपाइने, सभा, साँस्कृतिक कार्यक्रम, गोष्ठि तथा सम्मेलन पनि गर्न नपाइने भएको छ । राती ९ बजेदेखि विहान ५ बजेसम्म निजि सवारी साधन सञ्चालन गर्न नपाउने, अन्यत्र जिल्ला जान नपाइने जानै परे अनुमति पत्र लिनु पर्ने, प्रत्येक शनिवार पसल बन्द रहने छन् । साथै बर्दिया–भारतसंग सीमा जोडिएको हुँदा सो नाकाबाट आउजाउ पुर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए ।