नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट निको भएकै दिन वडा प्रहरी कार्यालय नेपालगन्जले आफ्नो सम्पूर्ण सेवा पुनः सुरु गरेकोछ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरि बस्नेतसहित ३५ जना कोरोना संक्रमित भएपछि पछिल्लो १४ दिनदेखि बन्द वडा प्रहरी कार्यालय आइतबारदेखि सर्वसाधरणका लागि खोलिएको हो ।
वडा प्रहरी कार्यलय नेपालगन्जका प्रहरी निरीक्षक हरि बस्नेतसहित ३५ जना कर्मचारी कोरोना संक्रमित भएका थिए । जसमध्ये ६ जना तीन दिन अघि नै डिस्चार्ज भइसकेका छन् । आज उनीसहित जिल्लाका थप ४६ जनाले कोरोना जितेकाहुन् । उनीहरुले कोरोना जितेसगैं आज (आईतबार) डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताए ।
उनका अनुसार वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज हरि बस्नेतसहित ४६ जना डिस्चार्ज भएको बताए जसमा २९ जना मात्रै प्रहरी रहेको बताए ।’ यसअघि वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्र्चाजसहित ३५ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित भेटिएका प्रहरी र उनका परिवारका सदस्य सहित ६ जनालाई विभिन्न आइसोलेसन सेन्टरमा राखिएको थियो भने वडा प्रहरी कार्यालयलाई नै आइसोलेसन बनाएर वडा प्रहरी ईन्चार्जसहित २९ जनालाई राखिएको थियो । बाँकेमा आईतबारसम्ममा ६ सय १४ जना डिस्चार्ज भएका छन् भने २ सय ३ जना उपचारका क्रममा रहेका छन् ।
यसैबीच, बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले वडा प्रहरी कार्यालय पुगी डिस्चार्ज भएका वडा प्रहरी निरीक्षक हरि बस्नेतसहित अन्य प्रहरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकाछन् ।
विहान वडा प्रहरी पुगेका बाँकेका प्रहरी प्रमुख एसपी रानाले कोरोना संक्रमित निको भएका प्रहरीसगं स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई कार्यालय सञ्चालन सम्बन्धि जानकारी लिएकाछन् ।
सोक्रममा वडा प्रहरी निरीक्षक हरि बस्नेतले स्वास्थ्यअवस्था र कार्यालय खोल्न मिल्न जानकारी दिएका थिए । वडा ईन्स्पेक्टर बस्नेतले आफूसहित संक्रमित अन्य प्रहरी कर्मचारीका स्वास्थ्य अवस्थाका बारेमा व्रिफिङ्ग गरेपश्चात आज बेलुकादेखि नै सर्वसाधरणका लागि वडा प्रहरी कार्यालय खुल्ला गर्न निर्देशन दिएको उनले सेतोखरीलाई जानकारी दिए ।
उनले सेतोखरीसंग कुरा गर्दै भने–‘स्वास्थ्य कार्यालयले दिएको स्वास्थ्य मापदण्डअनुसार हामी फिल्डमा खटिन सक्ने भएकाले घरविदामा रहेका प्रहरी कर्मचारीलाई वडामै आइसोलेटका रुपमा राखेकाछौं । आज बेलुकाबाट नियमित कार्यमा फर्किन्छौं ।