सन्दर्भ : कोभिड–१९

बर्दियाका बैंकहरु मापदण्ड विपरित


बर्दियाका बैंकहरु मापदण्ड विपरित

बर्दिया : बर्दियाका अधिकांस बैंकहरुले स्वास्थ्य सम्बन्धि मापदण्ड पालना नगरेको पाइएकोछ । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरुपले पालना गर्न सरकारले दिएको निर्देशनलाई धज्जी उडाउदै गुलरियाका अधिकांश बैकहरु सञ्चालनमा आएकाछन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा बजार अनुमगन गर्दा बर्दियाका अधिकांश बैकहरुले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा नगरेको पाइएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य मापदण्ड पुरा नगरेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टिमले बजार अनुगमन गर्दा गुलरियाका अधिकांस बैंकमा सर्वसाधरणको भीड नियन्त्रण, सामाजिक दूरी, माक्स र हात धुने जस्ता कार्य नभएको पाएको छ । बैंकमा आउने सेवाग्राहीसगैं बैंक कर्मचारीहरुले समेत स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा नगरेको अनुगमनका क्रममा भेटिएको हो ।

बर्दियाको गुलरियामा रहेको कर्णाली विकास बैंकबाहेक राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, बैंक अफ काठमाण्डु, माछापुच्छ«े, लक्ष्मि बैंक, सिटिजन बैंक, भार्गव विकास बैक, एनआईसी एसीया बैंक, एनसीसी बैंक, जनता बैंक, नमस्ते बचत तथा ऋण सहकारी संस्था, एभरेष्ट बैंक लगायतका बैकहरुले कोरोनाबाट बच्न स्वास्थ्य सम्बन्धि मापदण्ड नै पुरा नगरेको पाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधरले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली विकास बैंकले बैंकले प्रबेश गेटमै २ जना बाहेक बढिलाई मास्क विना जान नदिएको, कार्यालय प्रबेश गर्दा सावुन पानिले अनिवार्य हात धुने व्यवस्था मिलाएको र कर्मचारीले समेत स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ ।

उनले भने –‘बजार अनुगमन गर्दा स्वास्थ्य सम्बन्धि मापदण्ड नै पालन नगरि सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तिय संस्था भेटिएकाछन् । कोरोना भाइरस नियन्त्रणका लागि भीड नियन्त्रणसगँै स्वास्थ्य सतर्कता अपनाइनु पर्नेमा त्यसो नभएको पाइयो ।’

उनले भने –‘हाललाई भीड नियन्त्रण गर्दै कार्यालय प्रबेश गरेलगत्तै साबुन पानीले हात धुने व्यवस्था मिलाउन र सेवा दिँदा सामाजिक दुरी अनिवार्य लागु गर्न सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिइएकोछ । फेरिपनि स्वास्थ्य मापदण्ड पुरा नगरेको पाइएमा बैंक सिल गरिनेछ ।’

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि यतिबेला बर्दियामा उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेकोछ । प्रशासनले निषेधाज्ञा हटाएसगैं यतिबेला बर्दियाको जनजिवन सामान्य बन्दै आएकोछ । सामान्य बन्दै गइरहेको बर्दियाका अधिकांस सरकारी तथा निजि बैंकहरुले स्वास्थ्य मापदण्ड बिनै सेवा प्रदान गरिरहदा बर्दियामा कोरोनाको जोखिम झन् बढ्न सक्ने भन्दै स्थानीयमा त्रास फैलिएकोछ ।

सदरमुकामकै बैंकहरुको चरम लापरबाहिका कारण जिल्लाका अन्य क्षेत्रमा रहेका बैंकहरुले कस्तो गरिरहेका छन् भनेर सोझै अनुमान गर्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी, उद्योग बाणिज्य संघ, पत्रकार लगायतको टिमले बजार अनुगामन गरेको थियो ।