नेपालगन्ज : अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चिसो मान्छे’मा अनुबन्धित भएकीछन् । फिल्मका निर्देशक दीपेन्द्र के. खनालले ‘चिसो मान्छे’का लागि स्वस्तिमा अनुबन्धित गरेका हुन् । योसगैं चिसो मान्छेमा उनको अभिनय देख्न पाइनेछ ।
शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । भने यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् ।
नायिका स्वस्तिमा मुख्य भूमिकामा फाइनल भएकी छिन् । स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता भएको हो । चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा रहेकी स्वस्तिमाले सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाएको बुझिएको छ ।
नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’बाट चर्चामा छिन् । यो चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र तारिफ भयो । दिपेन्द्रको चलचित्रमा स्टारडम भन्दा कथा र पात्र बढी हाबी हुने गर्दछ । यसैले पनि उनले स्वस्तिमालाई फाइनल गरेको हुनुपर्छ ।
कोरोनाको कहर केही शान्त हुने बितिक्कै फिल्म छायाँकनमा जाने तयारी भइरहेको निर्देशक खनाल बताउँछन् । लकडाउन अगाडि खनालको फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । जसलाई दर्शक तथा समिक्षक दुबैले मन पराएका थिए ।
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित