‘राइको बद्नियतले डेढ करोड फ्रिज भएको हो’

कहाँ चुके सांसद राई ? कुन–कुन बिषयमा भयो टकराव ?


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ १२, २०७७
‘राइको बद्नियतले डेढ करोड फ्रिज भएको हो’

नेपालगन्ज : पूर्व मन्त्रि मोहम्मद इस्तियाक राइ र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा पालैपालो पत्रकार सम्मेलन गर्नमै व्यस्त छन् । दुवै जनाको भाषण र पत्रकार सम्मेलन हेर्दा लाग्छ चुनाव आइसक्यो अब जनता खोसाखोस गर्नु पर्छ ।

दुवैले भाषण गर्दा एकले अर्कोलाई दोषारोपण गर्छन् । के बोल्यो भने जनताले यो ठिक हो भन्छन् भन्ने सोचेरै भाषण गर्छन् । दुवैले कुनैपनि बिषयमा मेरो यति गल्ती हो र वहाँको यति गल्ती हो भन्दैनन् । आफु ठिक र ऊ बेठिक भनेरै भाषण गर्छन् । मन्त्रि राइ र मेयर राणाको दोहोरी चलेको चल्यै छ । जसका कारण नेपालगन्जको हरेक विकास निर्माणमा बाधा पुगेको प्रष्ट देखिन्छ ।

करिव एक साता अघि बाँके क्षेत्र नं.२ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तियाक राइले नेपालगन्जमा हाइमास्ट शिलन्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकामाथि गम्भीर आरोप लगाए ।

कोभिड–१९ को महामारीमा पनि नेपालगन्ज उपमहानगरपालिकाका कारण डेढ करोड रकम फ्रिज भयो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको उक्त रकम सांसद राइकै भनाइमा भेरी अस्पताल नेपालगन्जका लागि भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिकालाई दिइएको थियो ।
संघीय सांसद राइले सार्वजनिकरुपमा उपमहानगरपालिकामाथि रकम फ्रिजको आरोप लगाए लगत्तै त्यसको दुई दिन नवित्दै उपमहानगरपालिकाले विज्ञप्ती निकालेर खण्डन ग¥यो र भन्यो–‘निर्णयकर्ताले आर्थिक वर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै शुरु गर्न सकिएन । कुनैपनि प्रकारको भ्रममा नपर्न नगरबासी समक्ष हार्दिक अपील गरिन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital

उपमहानगरपालिकाले सांसद राइको भनाइको खण्डन गरेलगत्तै राई थप आक्रोसित भए । नेपालगन्जमा पत्रकार गुहारेरै उनले उपमहानगरपालिकाले त्यति ठूलो रकम फ्रिज गराएका कारण माफी माग्नुपर्नेमा उल्टै उपमहानगरपालिकाले गल्ती ढाकछोप गरिरहेको जीकिर गरे । त्यतीमा मात्र रोकिएनन् राई यदी आफु गलत भए राजनीतिक जीवनबाट सन्यासको घोषणा समेत गरे ।

उपमहानगरपालिका र मेयरमाथि सांसद राइको निरन्तर प्रहार हुन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाले राइलाई आप्mनो मर्यादामा बस्न चेतावनी दिएका छन् । शुक्रबार उपमहानगरपालिका कार्यलयमै पत्रकार सम्मेलनको आयोजना गरी मेयर राणाले आफ्नो काम के हो त्यसमा केन्द्रीत हुन सांसद राइलाई चेतावनी दिएका हुन् ।

‘माननिय राइसँग जुहारी खेल्न मलाई रहर पनि छैन् र चाहना पनि होइन् मेयर राणाले भने–‘नेपालगन्ज उपमहानगरपालिका र म माथिको झुठा प्रहार सह्य छैन् ।’ उपमहानगरपालिकाको कोभिड–१९ राहत कोष मार्फत् भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागि डेढ करोड रकम उपलब्ध गराएको र उपमहानगरपालिकाका कारण फ्रिज भएको राइले दावी गर्दै आएका छन् ।

तर मेयर राणाले उक्त भनाइको ठाडै अस्विकार गरे । ‘कोभिड–१९ राहात कोषमा उहाँले रकम हाल्नु पर्ने हो तर योजना हाल्नु भयो त्यो नै गलत भयो मेयर राणाले भने–‘सांसद राइको त्रुटिपूर्ण निर्णयका कारण डेढ करोड फ्रिज हुन पुगेको हो ।’

मेयर राणाले डेढ करोढ रकम सिधै खातामा नपठाएर योजना बनाउनतिर लाग्दा रकम फ्रिज भएको स्पष्ट पारे । निर्णय नै गलत गर्ने दोष उपमहानगरपालिकालाई दिने ? मेयर राणाको राइलाई प्रश्न थियो । राईको बदनियतले रकम फ्रिज भएको उल्लेख गर्दै मेयर राणाले आफ्नो एउटै अर्जुन दृष्टि नेपालगन्जको विकास भएको बताए ।

‘राजनीति गर्ने बेला गरौंला उनले भने–‘अहिले नै चुनाव आएजस्तो दोहोरी खेल्ने बेला होइन् । मिलेर नेपालगन्जको विकास गरौ ।’ नेपालगन्जको विकासमा आफु दुई कदम पछि हट्न समेत तयार रहेको भन्दै मेयर राणाले प्रदेश र संघका सांसदहरुसँग सधै आफुमित्रवत व्यवहारका लागि खुल्ला रहेको बताए ।

कहाँ चुके सांसद राइ ?

राजपत्रमा प्रकाशित सूचनाअनुसार आर्थिक वर्ष २०७६/७७ मा छुट्याइएको रकम खर्च नभइ बचत हुन गएमा त्यस्तो बचत रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार खर्च गर्ने गरी बनेको निर्देशक समितिको संयोजकले निर्देशक समितिका अन्य सदस्यसँग परामर्श गरी सम्वन्धित स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा २०७७ असार १५ गते भित्र जम्मा गर्न सक्ने स्पष्ट व्यवस्था छ ।

निर्देशक समितिका संयोजक समेत रहेका राइले न अन्य सदस्यहरुसँग परामर्श गरे न त उक्त रकम सिधै कोडिभ १९ को खातामा हाले । बरु उनले असार १४ गते निर्देशक समितिको बैठक बसालेर योजना संशोधन गरी कोभिड–१९ का लागि आवश्यक पर्ने आइसोलेसन, भेन्टिलेटर र उपकरण भेरी अस्पतालमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्वय समितिबाट असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई पठाए । जुन कानुनीरुपमा त्रुटीपूर्ण हो ।

रकम सिधै खातामा पठाउनुको साटो योजना बनाएका कारण रकम फ्रिज हुनुमा राईको स्पष्ट गल्ती देखिन्छ । आर्थिक बर्ष सकिन १५ दिन बाँकी छँदा योजना पठाउन टेण्डर आव्हान गर्न ३० दिनको समय लाग्छ सांसद राइले त्यसको समेत हेक्का नराखेको स्पष्ट देखिन्छ । यदी उनले भेरी अस्पताललाई भेन्टिलेटर र उपकरणकै लागि डेढ करोड रकम उपलब्ध गराउने पवित्र मनसाय भएको भए बैशाख र जेठ महिनासम्म के हेरेर बसे ? किनकी कोरोनाको त्रास र लकडाउन चैत ११ गतेदेखि नै सुरु भइसकेको थियो । त्यसको व्यवस्थापनका लागि त्यतीबेलैबाट जुट्नु पर्ने अवस्था थियो ।

कुन–कुन बिषयमा भयो टकराव ?

आफ्नो राजनीतिक फाइदाका लागि सांसद राइ मेयरलाई ढुकेर बस्ने गरेको नेपालगन्जमा चर्चा हुने गरेको छ । मेयर राणाको भनाइले पनि त्यसको पुष्टि गर्छ । शुक्रबारको पत्रकार सम्मेलनमा डा. राणाले नेपालगन्जको विकासमा राइले बाधा पु¥याएको गुनासो सुनाए ।

‘हामीले हरदम मिलेर नेपालगन्जको विकास गरौं भनेका छौं वोर्डको बैठकमा तीन चार पटक आउनुहोस् तपाईका रचानात्मक सुझाव दिनुहोस् र नेपालगन्जको विकास गरौं सांसद राइलाई भनेको स्मरण गर्दै मेयर राणाले भने–‘तर उहाँ अहिलेसम्म एक पटक आउनु भएन् ।’ सांसद राइले बागेश्वरीमा सटर बनाउँदा हस्तक्षेप गरेको, मन्त्री हुनुभन्दा दुई तीन बर्ष अघि बनाइएका सडकमा शिलालेख राख्ने काम गरेको, एडिवीको काममा कसै मार्फत उजुरी दिएर बाधा पु¥याएको, बृक्षारोपण गर्छु भनेर झुक्याएको मेयर राणाको आरोप छ । यिनै बिषयमा दुवै जना बिच टकराव भएको थियो ।