सन्दर्भ : दाहसंस्कारपछि कोरोना पुष्टि

परिवारसहित मलामी गएकाको रिपोर्ट नेगेटिभ, विरामी हुनु अगावै चिया पिउने ब्यक्ति पोजेटिभ


परिवारसहित मलामी गएकाको रिपोर्ट नेगेटिभ, विरामी हुनु अगावै चिया पिउने ब्यक्ति पोजेटिभ

बर्दिया : दाहसंस्कारपछि कोरोना पुष्टि भएका ब्यक्तिको मलामी जाने सबै ब्यक्तिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बर्दिया मधुवन नगरपालिका वडा नम्बर–९, १२ नम्बर गाँउ ७८ वर्षिय जेष्ठ नागरिकको गत भदौ २ गते मृत्यु भएको थियो । तर, उनको मृत्युपछि दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ ब्यक्तिको दासंस्कारमा गएका सयौंका मलामीले यो खबर सुनेपछि भागमभाग भएको थियो । उनीहरु सबैमा कोरोना पोजेटिभ भइयो भन्ने त्रास थियो । तर, बर्दिया प्रशासनले किरीयापुत्रीसहित मलामी गएका १ सय ३७ जनाको स्वाब परीक्षण गर्दा एक जनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

भदौ २ गते निधन भएका ७८ वर्षिय बृद्धको दाहसंस्कारमा गएका मलामी गएकामध्ये ५२ वर्षिय एक पुरुषको कोरोना रिपोर्ट पाजेटिभ आएको छ । आश्चर्यको कुरा के भने संक्रमित भेटिएका ती पुरुष मलामी गएपनि मृतकको शव भन्दा निकै दूरीमा रहेका थिए । मृतक ब्यक्तिको शव नछोएका र मलामीहरुबीच भन्दा परै रहेका ती पुरुषमा कोरोना देखिनु र मृतक बृद्धका परिवारका कुनैपनि सदस्यलाई कोरोना नदेखिनुले यतिबेला १२ नम्बर गाउँका स्थानीय आश्चर्यमा परेकाछन् ।

अझ मृतक व्यक्तिलाई बर्दियादेखि नेपालगन्ज, नेपालगन्जदेखि कोहलपुर र कोहलपुरदेखि बर्दियासम्म लैजाने र ल्याउने कार्यमा प्रत्येक्ष संलग्न रहेका ब्यक्तिको रिपोर्टसमेत नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जन स्वास्थ्य अधिकृत गोकर्ण गीरीले बताए ।
यसरी कोरोना पोजेटिभ ब्यक्तिको मलामी जाँदा होस्, मृतकको शवसंग प्रत्यक्ष सम्पर्कमा आएका हुन सबैको रिपोर्ट नेगेटिभ आउँदा कोरोना भाइरस आखिर कसरी सर्छ भन्ने विषय थप पेचिलो बन्दै गएपछि स्थानीयबासीमा अन्यौलता छाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारका लागी नेपालगन्ज लैजाने कार्यमा संलग्न भएकाको रिपोर्ट नेगेटिभ आउने तर, गाउँमै रहेका व्यक्ति जो मृतकको क्लोज सम्पर्कमा आएका छैनन उनको रिपोर्ट पोजेटिभ कसरी आयो भन्ने विषयले नयाँ बहसको शुरुवात गरेको छ ।

कोरोना पोजेटिभ भेटिएका ५२ वर्षिय पुरुष मृत्यु भएका ती ७८ वर्षिय बृद्धसंग विरामी हुनु अगावैदेखि घुलमिल थिए । मृतक व्यक्ति विरामी हुनु अगावै अर्था भदौ १ गतेको अघिल्लो दिनसम्म गाउँघरमा निर्धक्कसाथ घुमफिर गरिरहन्थे । घरदेखि केहि पर रहेको चिया पसलमा चिया पिउने उनको दैनिकी नै थियो ।

चिया पसल नजिकै सामान्य इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आइरहेका ५२ वर्षिय ती संक्रमित पुरुषसंग विगत ५–६ महिनादेखिनै मृतक बृद्धको उठबस हुनुका साथै घण्टौ गफिन्थे र चिया पनिसगै पिउथे । दाहसंस्कार गरिएका ब्यक्तिसगैं चिया पिउने ५२ वर्षिय ती व्यक्तिलाई मात्र कसरी कोरोना पोजेटिभ देखिएको होला भन्ने विषयमा मलामी गएका मात्र होइन स्वास्थ्यकर्मी समेत आश्चयएमा परेकाछन् ।

संक्रमित भेटिएका ती ब्यक्तिको घरपरिवारका सदस्यको स्वाब परीक्षण गर्दा उनका छोरालाई समेत कोरोना पोजेटिभ देखियो । अहिले दुबै जना आइसोलेसनमाबसि स्वास्थ्य लाभ लिइरहेकाछन् ।

मृतक व्यक्तिबाट कोरोना नसर्ने भन्ने पुष्टि नभएपनि यस्ता घटनाले सोच्न बाध्य बनाएको छ । अहिले उक्त वडालाई सील गरिएको छ । सो स्थानमा बाहिरका मानिसलाई वडामा प्रबेसमा रोक लगाइएको छ भने त्यस वडाबाट अन्यत्र जान पनि रोक लगाइएको छ ।