खजुराका १ सय ५० जना काँग्रेसमा प्रवेश


खजुराका १ सय ५० जना काँग्रेसमा प्रवेश

नेपालगन्ज : विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने संख्या बढिरहेको छ ।

खजुरामा नेकपा, राप्रपा पार्टी छोडेर १ सय ५० जना काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार खजुरामा तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले गरेको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका युवाहरुले पार्टी प्रवेश गरेको काँगे्रसले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पुर्व सांसद बादशाह कुर्मी, नेपाली काँग्रेस महासमिति प्रतिनिधि लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापती नक्की खाँ, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापती शेरबहादुर गुरुङ, तरुणदल बाँके सभापती विरेन्द्र बहादुर शाहले युवाहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सरकारमा भएको पार्टीले गरेको गलत काम र भष्ट्राचारमा लिप्त भएका कारण काँग्रेस प्रति युवाको आर्कषण बढदै गएको नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापती शेर बहादुर गुरुङले बताए ।