झापा : कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सातवटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिकामा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाले रकम विनियोजन गर्दा विभेद गरेको र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको जनाउँदै वडाध्यक्षसहित स्थानीय युवा विरोधमा उत्रिएको कचनकवल– ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए । गाउँपालिका अध्यक्ष अञ्जारा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुशी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको जनाउँदै वडा नम्बर २, ४,६ र ७ का वडाध्यक्षसहित स्थानीयले गाउँपालिकाको कार्यशैलीप्रति विरोध गरिरहेका छन् । उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए ।
विरोधसभालाई वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नम्बर ४ का अध्यक्ष परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नम्बर ७ का अध्यक्ष भरत राजवंशीसहित विद्यार्थी नेता रोशन लामालगायतले गाउँपालिका अध्यक्ष र राप्रपा पार्टी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् । -रासस
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’