कोहलपुरका १७, नेपालगन्जका ८, खजुराका ६, मेडिकल कलेजका ८ संक्रमित
नेपालगन्ज : नेपालगन्जका थप ८ जना सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जले सोमबार सार्वजनिक गरेको स्वाब परीक्षण रिर्पोटमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
सोमबार जारी उक्त रिर्पोटमा कोहलपुरका १७, नेपालगन्जका ८, खजुरा गाउँपालिकाका ६ र मेडिकल कलेज नेपालगन्ज तथा कोहलपुकाका गरि ८ जनामा कोरोना संक्रमण देखिएकोछ ।
पछिल्लो २४ घण्टामा ६६९ स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटले देखाएकोछ ।
सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ३१ र २५ वर्षिय महिला, वडा नम्बर ४ का ३० र ४२ वर्षिय एकएक जना महिला र पुरुष, वडा नम्बर ९ का ५९ वर्षिय पुरुष र वडा नम्बर २२ ८० र ४० वर्षिय महिला तथा १८ वर्षिय एक युवामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ का २७,३६,६० र ३१ वर्षिय पुरुष, वडा नम्बर ६ का २५ वर्षिय पुरुष, वडा नम्बर–५ ३ वर्षिय बालकमा कोरोना पुष्टि भएकोछ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिकामा सोमबार अत्यधिक कोरोना संक्रमित भेटिएका छन् । कोहलपुर नगरपालिकाका वडा नम्बर ११ १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । कोरोना पुष्टि हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ४२, ३६,३४, २८, २४, ३५,३०,२४,३२ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।
यस्तै वडा नम्बर ११ कै ४४, ३२ र ४१ वर्षिय महिलामा कोरोना पुष्टि भएको भने वडा नम्बर ११ कै उमेर नखुलेका २ महिला संक्रमित भएकोछन् । त्यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १४ का १९ वर्षिय युवा र वडा नम्बर ३ का ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका ५९,४३ र २७ वर्षिय महिलामा कोरोना देखिएकोछ । यस्तै ९ र ७ वर्षिय बालिकामा समेत कोरोना देखिएकोछ । यसैगरि शिक्षण अस्पताल कोहलपुरकै ४१ वर्षिय पुरुषमा कोरोना देखिएकोछ । भने तुलसीपुर–९, दाङ ठेगाना भएका नेपालगन्ज मेडिकल कलेज नेपालगन्जबाट ६० वर्षिय महिला तथा बर्दिया ठेगाना भएको शिक्षण अस्पताल कोहलपुरबाट ७५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ । यस्तै बर्दिबास–१ महोत्तरीका २६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।
हालसम्म परीक्षणका लागि ३५ हजार ५९ नमुना संकलन भएकोछ । जसमा ३४ हजार ९ सय ५९ नमुना जाँच गर्दा १ हजार ५ यस ४८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेकोछ । हालसम्म बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ । मृत्यु हुनेहरुमा बाँकेको नेपालगन्जका मात्रै ३ जनाको ज्यान गइसकेकोछ ।