चिया किसान आन्दोलित


चिया किसान आन्दोलित

इलाम : चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् ।

सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेस गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल २० देखि ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी (ज्ञानी) को भनाइ छ । उनका अनुसार एक किलो चिया उत्पादनमा किसानको रु ३७.५ खर्च हुने गरे पनि वर्षकै शुरुमा उत्पादन भएको चियाको मूल्य २० रुपैयाँ दिन खोजेकाले किसान मारमा परेका छन् ।

किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन् । अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन् । –रासस