नेपालगन्ज : कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला दशैँमा नयाँ नोट वित्तरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्र बैङ्क नै अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमणका कारण यस वर्षको दशैंमा नयाँ नोट साट्ने नसाट्नेमै अन्यौल रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोट साट्ने वा नसाट्ने भन्ने विषयमा कोरोना भाइरस संक्रमणको परिस्थिती हेरेर आगामी असोज महिनामा राष्ट्र बैंकले निर्णय गर्नेछ । राष्ट्र बैंकमा नयाँ नोट तयारी अवस्थामा रहेपछि देशमा अहिलेको जस्तै परिस्थिती रह्यो या अवस्था झन विकराल बन्यो भने निर्णय नगर्न पनि सक्ने बैंकले जनाएकोछ ।
नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष दशैँमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्दै आएको छ । दशैँ बाहेक पनि विभिन्न चाड लक्षित नयाँ नोट साट्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गर्दै आएकोछ । यस वर्ष कात्तिक १ गते घटस्थापना र १० गते टिका रहेको छ ।
कोरोना भाइरस संक्रमणको अवस्था हेर्दा आज मङ्गलबारसम्म देशभर ४० हजार ५ सय २९ कोरोना संक्रमित पुगिसकेकाछन् । भने २३९ जनाको मृत्यु भइसकेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?