ढोरपाटन पहिरो : मृतक ११ जनाको शव भेटियो, खोजी कार्य जारी


ढोरपाटन पहिरो :  मृतक ११ जनाको शव भेटियो, खोजी कार्य जारी

नेपालगन्ज : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा गएराति पहिरो जाँदा बेपत्ता भएका मध्ये १३ जनाको परिचय खुलेको छ भने ११ जनाको शव फेला परेको छ ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीसगैं पहिरोले ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहीन भएका थिए ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका– ९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत पुन, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीय कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्ती मगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षकै दिलमाया घर्ती मगर, उनको छोरा नाम नखुलेको ६ वर्षी बालक, ५५ वर्षीय डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । प्रहरी निरीक्षक भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।

बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झण्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । बाढि र पहिरोमा बेपत्ता भएकाहरुको खोजी भैरहेकाले संख्या बढ्न सक्ने उनले जानकारी दिए यसबीच नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत घटनास्थल पुगेकाछ ।

स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेर गाउँमा क्षति पुर्याएको छ ।

यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।