गेरुवा नदिमा ३ जना बेपत्ता, खोजी कार्य जारी


गेरुवा नदिमा ३ जना बेपत्ता, खोजी कार्य जारी

बर्दिया : बर्दियाको पश्चिम भाग कर्णाली नदिको भंगालो गेरुवा नदिले बगाउँदा बिहीवार ३ जना बेपत्ता भएका छन् ।

दाउरा तथा काठ संकलन गर्न गएका मध्ये तीनजनालाई बिहीबार दिउँसो कर्णाली नदिको भंगालो गेरुवा नदिले बगाउँदा गेरुवा गाउँपालिका वडा नम्बर– ४ का ४० वर्षिय बलबहादुर रोकाया, १४ वर्षिय पवि रोकाया र १४ वर्षकै भरत कडायत बेपत्ता भएका हुन् । बेपत्त्ताको खोजी शसस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाबाट विशेष विपद् व्यवस्थापन तालिम प्राप्त उद्दारकर्ताहरुले बोट तथा गोताखोर प्रयोग गरी खोजी कार्य जारी राखेको गणपति नरबहादुर राउतले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बर्दियामा वर्षेनी वर्षाको समयमा कर्णाली नदि, बबई नदि लगायतका नदिहरुमा दाउरा काठ लिन जाने क्रममा नदिमा डुवेर मृत्यु हुने गर्दछ ।