बर्दिया : बर्दियाको पश्चिम भाग कर्णाली नदिको भंगालो गेरुवा नदिले बगाउँदा बेपत्ता भएका ३ जना मध्ये एक जनाको शव फेला परेको छ ।
दाउरा तथा काठ संकलन गर्न गएका मध्ये तीन जनालाई बिहीबार दिउँसो कर्णाली नदिको भंगालो गेरुवा नदिले बगाएको थियो ।
घटना घटे लगत्तै उनीहरुको खोजीका लागि बोट तथा गोताखोर प्रयोग गरिएको थियो । खोज तलासकै क्रममा आज केहि बेर अघि नदिमा बेपत्ता भएका मध्ये १४ वर्षिय बालक भरत कडायतको गुप्तीपुर मनाउ घाटमा शव फेला पारिएको शसस्त्र प्रहरी बल ३१ नम्बर गणका गणपति नरबहादुर राउतले जानकारी दिए ।
नदिमा मानिस बेपत्ता भएको भन्ने सूचना पाए लगत्तै शसस्त्र प्रहरी बल ३१ नम्बर गणबाट विशेष विपद् व्यवस्थापन तालिम प्राप्त उद्धारकर्ताहरुले बोट तथा गोताखोरको माध्यमबाट खोज तलास जारी गरेकोमा एक जनाको शव फेला परेको र अन्य २ जनाको खोजी कार्य जारी रहेको राउतले बताए ।