आइसोलेसन व्यवस्थापनका लागी ११ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग


आइसोलेसन व्यवस्थापनका लागी ११ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग

आइसोलेसन व्यवस्थापनका लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिदै । तस्विरः दीपक शर्मा /सेतोखरी

बर्दिया : दलित महिला उत्थान संघ बर्दियाले आईसोलेसन स्थापनाका लागी आवश्यक स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

बर्दियामा केहि दिनदेखि कोरोना भाइरस संक्रमितको सख्या बढिरहेका बेला आइसोलेसनमा बस्नेको सख्या बढेसगैं व्यवस्थापनमा देखिएको समस्यालाई मध्यनजर गर्दै उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

आइसोलेसन स्थापनार्थ दलित महिला उत्थान संघ बर्दियाले बेड (फोल्डिङ्घ), मेट्रेस र तन्ना २८ थान, बेड साईड टेबुल (लकर) २८ थान, स्वास्थ्यकर्मीका लागी पीपिई ३० थान, एन ९५ मास्क १ सय थान, सुरक्षामा खटिने कर्मचारीका लागी सेनिटाईजर १ सय थान गरि ११ लाख ८१ हजार मुल्यको स्वास्थ्य सामाग्री सहयोग गरेकोछ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख एंव प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई दलित महिला उत्थान संघकी अध्यक्ष खिमा विकले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

सो अवसरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी एंव जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख लिलाधर अधिकारीले संस्थाले गरेको सहयोगको प्रसंशा गर्दै संकटका बेला गरिएका सहयोगले आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितका लागी सहज हुने बताए ।

उनले कोरोना भाइरसबाट बच्न र बचाउनका लागी नेपाल सरकारले चालेको कदमलाई पालन गर्न आग्रह गर्दै सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग र स्वास्थ्य सम्वन्धि मापदण्ड पालना गर्न र गराउन आग्रह समेत गरे ।

सामाजिक दूरी कायम गरि आयोजना गरिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा दलित महिला उत्थान संघका कार्यक्रम संयोजक विष्णु नेपालीले कोरोना संक्रमितको सख्या बढिरहेका कारण संस्थाले लुथरन वल्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघले सञ्चालन गरेको बर्दिया जिल्लामा कोभिड–१९ रोकथामका लागी राहत सामाग्री वितरण गरेको बताए ।