विश्व साइकल सम्मेलन नेपालमा हुने


विश्व साइकल सम्मेलन नेपालमा हुने

नेपालगन्ज : विश्व साइकल सम्मेलन नेपालमा हुने भएकोछ । ल्याटिन अमेरिकि मुलुक केन्द्रित उक्त सम्मेलन नेपालमा हुने भएको हो ।
विश्व साईकल सम्मलेनको ९ औं संस्करण आगामी सन् २०२० मा नेपालमा गरिनेभएकोछ । सो सम्मेलनका लागि विश्व साईकल यात्री पुष्कर शाहको संयोजकत्वमा समिति गठन भई सम्मेलनको तयारीमा जुटेकोछ ।

समितिका सदस्य एवंम मिडिया कोर्डिनेटर सतिश निरौलाले सो जानकारी सद्भावलाई दिए । उनका अनुसार आज बिहीबार काठमाण्डौमा सम्पन्न बैठकले विश्व साइकल सम्मेलनको ९ औं संस्करणको मिति पनि तय गरेको छ ।सन् २०२० सेप्टेम्बर १९ देखि २२ सम्म काठमाडौमा सम्मेलनको आयोजना गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

आयोजना हुने विश्व साइकल सम्मेलन अवधिभर साइकल राइड, म्युजिक कन्सर्ट, पेन्टिङ, फोटोप्रदर्शनी तथा विभिन्न बिषयमा कन्फ्रेन्स समेत गरिने सदस्य एवंम मिडिया कोर्डिनेटर निरौलाले बताए । कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न कार्यक्रमको पोस्ट इभेन्ट नेपालको सुन्दर पर्यटकीय नगरी पोखरामा गरिनेछ । उक्त सम्मेलनले नेपालका सडक तथा शहरहरुलाइ साइकल मैत्री शहरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएकोछ ।

बैठकले सतिश निरौलालाई मिडिया कोर्डिनेटरको जिम्मेवारी दिएको छ भने स्वेता पाण्डे र साहिल श्रेष्ठलाई प्रस्तावना लेखनको जिम्मेवारी सुम्पिएको छ ।