अब संगित सुन्दै शौच गर्नुस्


अब संगित सुन्दै शौच गर्नुस्

निर्माणाधिन डिजिटल शौचालयको फाउडेशन । (तस्विरः मेयर धवलशम्सेर राणाको फेसबुकबाट)

नेपालगन्ज : तपाई नेपालगन्जबासी हो वा यहाँ आएको पाहुना । यदि तपाई नेपालगन्जमा हुनुहुन्छ भने अब शौचसगैं संगितको आनन्द लिनसक्नुहुन्छ । जसका लागि नेपालगन्ज उपमहानगरपालिकाले छिटै अत्याधुनिक डिजिटल शौचालय नेपालगन्जमा स्थापना गर्दैछ ।
नेपालगन्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको सो डिजिटल शौचालयमा संगितको आनन्द लिदै आरामका साथ शौच गर्नपाउने ब्यवस्था उपमहानगरपालिकाले ल्याएकोछ ।

नेपालगन्जको धम्बोझी चोक नजिक कृषिविकास बैंक र राष्ट्र बैंकको बीचमा सो शौचालय स्थापना हुनेछ । एकैपटक ७ जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान शौचालय १०–१५ दिनमै सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी उपमहानगरपालिकाले गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गरिदैछ । केही महिना अघि शौचालय स्थापना गरिने सो क्षेत्रमा फाउडेसनको काम सम्पन्न गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले बताए ।

शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिने सो डिजिटल शौचालयको निर्माणको कार्य अन्तिम चरणमा छ, जमिन माथिको फाउडेसन निर्माण अन्तिम चरणमा पुगेको छ, मेयर डा. राणाले भने काठमाण्डौमा निर्माण भइरहेको सो शौचालयको फाउडेसनको स्थलगत अनुगमन गरेकाछौं ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाको ५ लाख तथा एसएनभीको ४५ लाख लागतमा बन्ने सो डिजिटल शौचालयमा सोलार सिस्टमबाट विद्युत प्रवाह गरिनेछ । अपाङ्ग तथा महिला मैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक जना फरक क्षमता (अपङ्गता) भएका ब्यक्तिले शौच गर्न सक्नेछन् । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई संयोजक ओविराज आचार्यले सद्भावसंग कुरा गर्दै भने–फुल्ली अटोमेटिक सिस्टमा चल्ने शौचालयभित्र पानी तथा सावुन भएन भने शौचालयको ढोका खुल्दैन ।

उनले भने यस्तो शौचालय देशमै पहिलो पटक नेपालगन्जमा स्थापना हुदैछ । शौचालय भित्र शौच गर्दा अटोमेकिटरुपमा संगित बज्छ । जोकोहीले संगित सुन्दै शौच गर्न पाउनेछन् । शौचालय सञ्चालनमा आएसगै यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने त्यो निर्णय हुन बाँकीछ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले नगरमा शौचालय अभावको समस्यालाई समाधान गर्न तीन वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएकोछ ।