प्रदेश पाँच : छुट्टाछुट्टै घटनामा कैदीबन्दीसहित १० जनाको मृत्यु


प्रदेश पाँच : छुट्टाछुट्टै घटनामा कैदीबन्दीसहित १० जनाको मृत्यु

नेपालगन्ज : प्रदेश पाँचका विभिन्न जिल्लामा कैदी बन्दीसहित १० जनाको मृत्यु भएकोछ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बाँकेसहित, बर्दिया, दाङ, अर्घाखाँची, रुपन्देही र पाल्पामा १० जनाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा बर्दिया र पाल्पामा दुर्घटनामा परी दुईजना, बाँकेसहित दाङ र रुपन्देहीमा एकएक जना डुबेर, बर्दिया र रुपन्देहीमा आत्महत्या गरेर २ जना तथा अर्घाखाँचीका कैदीबन्दी सहित ३ जना गरि १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार बाँकेको खजुरा गाउँपालिका– ४ निमपुरकी ५५ वर्षीया रामावती चमारको आफ्नै घरदेखी करिब ५ सय मिटर पश्चिमतर्फ रहेको स्थानीय भुर्कन अहिरको माछा पोखरीमा डुबेर मृत्यु भएको बताए ।

उनका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय तुलराम थारुको ५ वर्षीया छोरीको मृत्यु भएको छ । भने बर्दिया मधुवन नगरपालिका वडा नम्बर– २ अम्मरपुर बस्ने रिसमान थारुको १५ वर्षिय छोरीले घर नजिकै रहेको अम्मर महेन्द्र सामुदायिक वनमा झुण्डिएर आत्महत्या गरेको पाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बर्दिया गुलरिया नगरपालिका वडा नम्बर–६ खानेपानी टोल बस्ने ४३ वर्षिय रेशम बिकको मृत्यु भएकोछ । शान्ति टोलस्थित ज्ञवाली मन्दिरको पूर्वपट्टि सन्तराम चौधरीको घरमा रहेको खाटमा अचेत अवस्थामा भेटिएका विकको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको हो । उनी नेपाल बिद्युत प्राधिकरण गुलरियामा लाईनको काम गर्ने ब्यक्ति बुझिएको छ ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्का नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर–१९ ग्वारखोला खैरेनीचोककी महिलाको घोराही–तुलसीपुर सडक खण्डको नालीको खाल्डोमा जम्मा भएको पानीमा मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले अर्घाखाँची कारागारका ४६ वर्षीय कैदी विजय पाण्डेको मृत्यु भएको बताए । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकोमा आईतबार बिहान मृत्यु भएको हो ।

उनका अनुसार पाल्पाको रम्भा गाउँपालिका–५ मा जिपको ठक्करबाट स्थानीय ६० वर्षीय पैदल यात्री भुपालसिह रानाको मृत्यु भएको छ । ना ३ च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रित भई पल्टिएर रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको मर्चवारी गाउँपालिका–३ छोट्की मधुवनियाका निरञ्जन यादवका १५ वर्षीय छोराको घरदेखि दुई सय मिटर पश्चिमतर्फ रहेको नालामा डुबेर मृत्यु भएको छ । मृतक बालकको मानसिक अवस्था ठिक नभएको बुझिएकोछ ।

यसैगरी रुपन्देही सियारी गाउापालिका वडा नम्बर–३ कर्मानगर बस्ने ६० वर्षकी महला थारुले आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन आत्महत्या गरेकी छन् । विष सेव गरेलगत्तै उपचारको लागी अस्पताल लगिएपनि बाटामै उनको मृत्यु भएको हो ।

यस्तै रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा– ५ मणिग्राम (प्रभात पथ) स्थित बाटोको छेउमा रहेको पानीको कुलामा तिलोत्तमा नगरपालिका वडा नम्बर–२ शंकरनगर बस्ने ४५ वर्षका जित बहादुर भण्डारीको शव भेटिएको प्रदेश प्रहरीले जनाएकोछ ।