कोरोनाको हटस्पट बर्दियाको बाँसगढी नगरमा निधेषाज्ञा जारी

सीजी कम्पनीमा कार्यरत ४२ जना एकैपटक संक्रमित भए


कोरोनाको हटस्पट बर्दियाको बाँसगढी नगरमा निधेषाज्ञा जारी

बर्दिया : कोरोना भाइरस संक्रमणको हटस्पट बनेको बर्दियाको बाँसगढीमा निषेधाज्ञा जारी गरिएकोछ । बर्दियामा एकै दिन ४२ जना कोरोना संक्रमित फेला परेपछि बाँसगढि नगरपालिका क्षेत्रमा आगामी भदौ २८ गते सम्मका लागी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लाको बाँसगढीमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि आज सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी आगामी भदौ २८ गते मध्यराती सम्मका लागी बाँसगढी नरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बर्दिया र बाँसगढि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेर जानकारी गराएका छन् ।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको पीसिआर परीक्षणमा बर्दियाका ४२ जना कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गीरीले बताए ।

४२ जना सबै कोरोना पोजेटिभ चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत कर्मचारी तथा मजदूर हुन् । उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङ्गबाट कोरोना पोजेटिभ पाइएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

सीजि कम्पनी उद्योगमा कार्यरत एक कर्मचारीलाई केहि दिन अघि कोरोना पोजेटिभ पाइएको थियो । सो समयमा कम्पनी सील नगरी काम चालु राखेको थियो । अहिले भेटिएका ४२ जना कोरोना पोजेटिभ उक्त कम्पनीका कर्मचारी, मजदूर र कोहि बढैयाताल गाँउपालिका घर भएका हुन भने कोही बाँसगढि नगरपालिका क्षेत्रकै स्थानीयबासी हुन् ।

एकै दिन ४२ जना कोरोना भाइरस पोजेटिभ त्यो पनि एउटै क्षेत्रमा पाइएपछि यतिबेला स्थानीयबासी त्रसीत बनेका छन् । एकै दिन ४२ जना कोरोना पोजेटिभ भेटिएपछि अहिले बाँसगढी क्षेत्र कोरोनाको हटस्पट बनेको छ । बर्दियामा एकै पटक यतिधेरै पोजेटिभ देखिएको यो पहिलो पटक हो ।

पीसिआर टेस्टको संख्या बढाउनु पर्ने स्थानीयबासीले माग गरेका छन् । यद्यपी बर्दियामा पीसिआर टेस्ट कछुवाको गतीमा भएका कारण पनि समुदायमा कोरोना देखिन थालेको आम सर्वसाधरणको बुझाईछ ।

बर्दिया जिल्लामा हाल सम्म १० हजार १ सय १ जनाको पीसिआर गरिएको छ । ती मध्ये ४ सय ८ जना कोरोना संक्रमित पोजेटिभ पाइएका हुन । करिब १ सय जना जिल्लाका विभिन्न आइसुलेसनमा रहेका छन् । हालसम्म बर्दियामा एक जनाको मृत्युपछि उनमा कोरोना देखिएको छ ।