कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगन्ज उप–महानगरपालिका पुन : सील


कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगन्ज उप–महानगरपालिका पुन : सील

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका पुनः सिल गरिएकोछ । उपमहानगरपालिकाका एक कर्मचारीको आईतबार राती मृत्यु भएपछि पुनः सिल गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको नेपालगन्ज उपमहानगरपालिका यसअघि साउन ३२ गते आईतबारदेखि खुला गरिएको थियो । तर, उपमहानगरपालिका खुला गरिएको २१ औं दिनमा पुनः सिल गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगन्ज उपमहानगरपालिका पुनः सिल गरिएको उपमेर उमा थापा मगरले जानकारी दिइन् ।

मृतक जिन्सी सहायक घलेको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै उपप्रमुख उमा थापा मगरले आगामी तीन दिनका लागि उपमहानगरपालिका सिल गरिएको जानकारी दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भनिन्–‘आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । भने भोली मंगलबारदेखि तीन दिनसम्मका लागि कार्यालय सिल गर्ने निर्णय भएको छ । अब आगामी आईतबार मात्र उपमहानगरपालिका कार्यालय खुल्नेछ ।’

कोरोनाबाट मृत्यु भएका ५९ वर्षिय घले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ का बासिन्दा हुन् । उनकोे (हिजो) आईतबार साँझ साढे ८ बजे मृत्यु भएको हो ।

गत भदौ १५ गते दिउँसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आईशोलेशनमा बस्दै आएका थिए । नेपालगन्ज न्यूरोड स्थित न्यू इन्द्रेणी होटेलको सेल्फपेड आइसोलेसनमा बसेका बेलामा उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत भदौ १८ गते पौने ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

ती संक्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नली बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएरपछि गयराती मृत्यु भएको हो ।

यीसगैं बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेकोछ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेकाछन् । जसमा नेपालगन्ज उपमहानगरपालिकामै ४ जनाको मृत्यु भइसेकोछ ।