बाँकेमा कोरोना प्रकोप दर शून्य दशमलव २१ प्रतिशत मात्र


बाँकेमा कोरोना प्रकोप दर शून्य दशमलव २१ प्रतिशत मात्र

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका विच यतिबेला बाँकेमा त्रासको वातावरण छाएकोछ । दिनहुँ कोरोना संक्रमित ब्यक्तिहरु धमाधम भेटिनु र पछिल्लोपटक कोरोना संक्रमित ब्यक्तिको मृत्यु पनि बढ्दै जाँदा जिल्लाबासीमा त्रासको वतावरण सिर्जना भएको छ ।

बाँकेमा पहिलोपटक गत वैशाख १९ गते कोरोना संक्रमित भेटिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाका एक पुरषमा कोरोना संक्रमण भेटिएको थियो ।

सोलगत्तै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको हटस्पट नै बनेको थियो । बैशाख १९ देखि भदौ २३ गतेसम्म आइपुग्दा बाँकेमा कोरोना संक्रमितको संख्या बढेर १ हजार २ सय ५७ पुगेकोछ । यो मङ्गलबार दिउँसो एक बजेसम्मको प्राप्त तथ्यांक हो ।

कुल संक्रमित एक हजार २ सय ५७ जनामा सोमबार बेलुकासम्म ८ सय ३१ जना डिस्चार्ज भइसकेकाछन् । भने ४ सय २० जना सक्रिय कोरोना संक्रमित जिल्लामा रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार कोरोना संक्रमणको दर अन्य जिल्ला भन्दा बाँकेका न्यून छ । बाँके जिल्लामा कोरोना भाइरसको प्रकोप हेर्दा प्रति एक सय जनामा शून्य दशमलव २१ प्रतिशत मात्र रहेकोछ । यो दर हेर्ने हो भने प्रदेश पाँचमै अन्यका दाँजोमा कम हो । यद्यपी यसको अर्थ कोरोना भाइरस संक्रमणको जोखिम भने हटेको छैन ।

तर, बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएको दरले थप चुनौती दिइरहेकोछ । पछिल्लो पटक साउन र भदौमा बाँकेमा धेरै ब्यक्तिको मृत्यु भएको छ । बाँकेमा सोमबारसम्म कुल मृतक संख्या ७ पुगेकोछ । जसमा नेपालगन्ज उपमहानगरपालिकामै ४ जनाको मृत्यु भएकोछ ।

सोमबार बेलुकासम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३७ हजार ४ सय ६५ वटा नमुना परीक्षणका लागि प्राप्त भएकोमा ३६ हजार ७ सय ६३ जनाको परीक्षण गर्दा १ हजार ८ सय २७ जना संक्रमित भेटिएकाछन् । यी सबै बाँकेका बाहेकका जिल्लाका संक्रमित हुन् ।