राउटे समुदायका अविवाहित युवती । तस्बिर:भक्तबहादुर शाही/सद्भाव
भक्तबहादुर शाही
नेपालगन्ज : २५ बर्षिया विमला शाही राउटे समुदायकी सुन्दर युवतीमा पर्छन् । राउटे बस्तीमा गएका अधिकाँश गैरराउटेको नजर तिनै राउटे सुन्दरीमा पर्ने गर्छन् । नयाँ मान्छेले निहाल्यो भने मन्द मुस्कुराउँछिन् । चिनजान नभएको व्याक्ति सँग हत्तपत्त नबोल्न उनीहरुको संस्कार छ । नुहाईधुवाई गर्ने, कपाल कोर्ने सफाचट्ट पहिरहनले गर्दा उनी सबैको नजरमा परेकी हुन् । नाडीभरि गिल्टीका चुरा र कानमा गिल्टीका बालीको पहिरहन छ । यो समुदायका महिला सुन, चाँदी गरगहना प्रयोग गर्दैनन् । यसो हेर्दा ति युवतीलाई कुनै चिजको अभाव छैन । अभाव छ त दुलाहाको । हँसिलो देखिने विमलालाई बेला–बेलामा निराशा छाउने गरेको बताउँछिन ।
विहेका लागि विमला अझै ८ वर्ष पर्खिनुपर्ने छ । तर, लगन कहिल्यै जुटने निश्चित छैन । उनी सँग जात मिल्ने चल्ने केटाहरु रास्कोटी जातिका कम उमेरका छन् । विमला कल्याल जातकी युवती हुन् । कल्याल जातका राउटे युवामा विहे गर्नका लागि केटीका तछाडमछाड छ । रास्कोट जातका सानै उमेरका केटीलाई उनीहरुले अन्य केटा विहे नगरुन भनेर यो केटीलाई मैले मनपराएको छु भन्ने गर्छन् । एक जना मन पराएको केटी अन्यले मनपराउन यो समुदायमा बन्देज छ । कल्याल जातका १२ जना युवक चार जना युवती अझै अविवाहित छन् ।
केटी अभावले सातवर्ष अघि ३२ वर्षीय राउटे युवा प्रकाश शाहीले लौकी शाही सँग विवाह वन्धनमा बाँधिए । दाङमा मनपराएका प्रकाश सल्यानको सल्लीपाखमा विवाह गरे । उनले भने ,कोही अरु केटा मनपराई हाल्छकी भनेर मैले मनपराएको छु भनेपछि विहे भयो । राउटेको गैरराउटेसँग विहेवारी हुदैन । राउटे समुदायमा तीन जाति रहेका छन् । कल्याल, रास्कोटी र समाल । कल्याल जातीको विहेवारी रास्कोटी र समाल जातीको विहेवारी कल्याल जातीसँग हुन्छ । समाल जाती संख्या न्यून छ । सबैभन्दा बढी राउटेबस्तीमा कल्याल जातीको सँख्या बढी छ । रास्कोटी जातीमा केटा र केटीको सँख्या न्यून रहेकाले कल्याल जातीमा युवा र युवतीले अविवाहित बस्नु परेको हो ।
राउटे युवती विमला र वापिला मात्र होइन । महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही, विरबहादुर शाहीका छोरा कपील शाही, दिपक शाही र अन्य कलम शाही र प्रेमबहादुर शाहीलाई पनि विहेको चिन्ताले सताउने गरेको छ । हामीले आफ्नो जातीमा विहे गदैनौं । रास्कोटी जातीमा विहे गर्ने केटी सानो छ अनि विहे कसरी गर्न शिवराज शाहीले दुखेसो पोखे । ३५ वर्षमा मेरो दाई नारायणले ११ वर्षीय मिहिन शाहीलाई विहे गर्नुभयो उहाँले खुलासा गरे । छोराको विहे कहिले हुने भन्ने चिन्ता शिवराज शाही मात्र होइन उनका बाबु महिन बहादुर शाहीलाई पनि लाग्ने गरेको छ ।
रास्कोटीमा कम उमेरका केटी छन् छोराको उमेर छिपीसक्यो विहे लागि उनले दुखेसो पोखे । आफ्नै जातीमा विहे गर्न हुनाले राउटे समुदायमा एउटा उखान खुबै चर्चा पाउने गरेको छ । ‘पानी खानी मुल विहे गर्नु कुलको ।’ रास्कोटी जातीमा केटा र केटीको अभावमा कल्याल जातीका उमेर पुगेका केटाकेटीले अविवाहित बस्नुपर्ने बाध्यता छ । उमेरले ३४ काटिसकेका शिवराज बेलाबेलामा विवाह नहुने चिन्ताले पिरोल्ने गरेको उनको भनाई छ । मलाई हरेक महोत्सव जाँदा दुनियाँको केटाले विहे भयो कि नाई भनेर सोध्छन् । मेरो मन दुख्ने भएकाले सबैलाई भयो दुई छोराछोरी छन् भनेर उत्तर दिने गरेको छु, उनले थपे । राउटे समुदाय आजभोली कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका १ रातेखोलामा बसोबास गरिरहेका छन् । १४९ जनसंख्या रहेको छ ।