बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमल ६३ प्रतिशत मात्र

नेपालगन्जका ५ सहित ८ जनाको मृत्यु


बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमल ६३ प्रतिशत मात्र

नेपालगन्ज : गत बैशाख १९ गतेदेखि भदौ २४ गतेसम्म बाँकेका ८ जनाको मृत्यु भइसकेकोछ । योबीच बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय ७१ पुगेकोछ ।

पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको प्रकोप नेपालगन्ज, कोहलपुर र खजुरा गाउँपालिकामा देखिएको छ । यद्यपी यसअघि शून्य संक्रमित बनेको बाँकेको नरैनापुर लगायत अन्य पालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकोछ ।

समुदायमा फैलियको कोरोना महामारीकाबीच बाँकेमा भएको कोरोना संक्रमित मृत्युको आँकडा डरलाग्दो गरि बढिरहेकोछ । अझ सोमबार नेपालगन्जकै एक पुरुषको उपचारका क्रममा मृत्यु भएकै भोलीपल्ट मङ्गलबार बाँकेमा दुईजनाको मृत्यु भएको घटनाले आम सर्वसाधरणमा त्रास फैलिएकोछ ।

कोरोना भाइरस संक्रमितको संख्या एकातिर उकालो लागिरहेको छ भने अर्कोतर्फ यसबाट मर्नेको संख्या पनि उकालो लागिरहेकोछ । यही संक्रमण र मृत्युकाबीच बाँकेका आम सर्वसाधरण भने सावधानी अपनाउने पक्षमा सजग भएको देखिदैन ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमणको दर बढिरहेको भएपनि मृत्युको दर भने अत्यन्त न्यून रहेको बताउँछन् । बाँके जिल्लामा कोरोना भाइरसको प्रकोप र यसबाट मृत्यु भएको आँकडालाई हेर्दा प्रति एक सय जनामा शून्य दशमल ६३ प्रतिशतको मृत्यु भएको देखिएकोछ ।

पछिल्लो पटक साउन र भदौमा बाँकेमा धेरै ब्यक्तिको मृत्यु भएको छ । बैशाख १९ देखि भदौ २३ गते रातीसम्म बाँकेमा कोरोना संक्रमितको संख्या बढेर १ हजार २ सय ७१ पुगेकोछ । यो मङ्गलबार राती सम्मको प्राप्त तथ्यांक हो ।

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेकोछ । जसमा ४ महिला र ४ पुरुष रहेकाछन् । भने यसमध्ये ५ जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरु बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ र नरैनापुर गाउँपालिकाका रहेकाछन् ।

हालसम्म बाँकेको तथ्यांकलाई हेर्दा आरटी पीसिआर जाँचका लागि भदौ २३ गतेसम्म २१ हजार ९ सय ९४ जनाको स्याम्पल जाँच भएको छ । जसमध्ये २० हजार ४ सय १३ जनाको रिर्पोट नेगेटिभ आएको छ । भने १ हजार २ सय ७२ जनाको पोजेटिभ देखिएकोछ । यसबीच ८ जनाको मृत्यु भइसेकोछ । पछिल्लो २४ घण्टामा ३ सय १ स्याम्पल जाँच प्रक्रियामा रहेको र त्यसको रिर्पोट आउने तयारीमा रहेकोछ ।