बाँकेमा कोरोना जित्नेको संख्या बढ्यो, बिहीबार ३६ जना डिस्चार्ज

३८६ सक्रिय संक्रमित उपचाररत


बाँकेमा कोरोना जित्नेको संख्या बढ्यो, बिहीबार ३६ जना डिस्चार्ज

File Photo

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहदाँ कोरोनालाई जित्नेको संख्या दिनहुँ बढिरहेकोछ । यकातिर कोरोना ग्राफ उकालो लाग्दा आम सर्वसाधरणमा यसले त्रास फैलाएको छ । तर, कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहदाँ पछिल्लो पटक बाँकेमा डिस्चार्ज हुनेको संख्यामा समेत बढोत्तरी भएकोछ ।

यसअघि बुधबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । जसमा बाँकेको कोहलपुर स्थित नेपाली सेनाको अधिकांश कोरोना पोजेटिभ निको भएर डिस्चार्ज भएका थिए ।

यस्तै आज बिहिबार बाँकेबाट ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जका १४, कोहलपुरका ९, जानकी गाउँपालिकाका ६ र अन्य जिल्लाका ६ जना गरि ३६ जनालाई डिस्चार्ज गरिएको हो ।

यसअघि भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा राखेर उनीहरुलाई उपचार गरिएको थियो । कोरोना संक्रमण देखिएपछि बिभिन्न आईसोलेशनमा बस्दै आएका ब्यक्तिहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखीएपछि १४ दिनमा डिस्चार्ज गरिएको हो । योसँगै बाँकेका कुल कोरोना संक्रमित १ हजार ३ सय ४५ मध्ये ९ सय ५१ जनाले कोरोना जितेर घर फर्केकाछन् । भने जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसमा बिहीबार दिउँसोसम्म ३ सय ८६ जना उपचाररत रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा बुधबार रातीसम्मको तथ्यांक अनुसार भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबमा विभिन्न चरणमा भएको पीसिआर परीक्षणबाट १९ महिला र ५४ पुरुष गरि ७३ जना कोरोना पोजेटिभ भेटिएकाछन् । हालसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ८ पुगेकोछ । जसमा नेपालगन्जका २ महिला र ३ पुरुष गरि ५ जनाको मृत्यु भइसकेकोछ ।