विचार

महामारीको बहानामा शैक्षिक शत्र खेर फाल्न पाईंदैन


महामारीको बहानामा शैक्षिक शत्र खेर फाल्न पाईंदैन

सरकारले बैकल्पीक शिक्षा निर्देशिका २०७७ जारी गरेर बैकल्पीक सिकाइ पद्धतीको गाईडलाईन अनुसार स्थानीय सञ्चार माध्यमलाई अभिमुखिकरण गर्ने र यसलाई स्थानीय तहसम्म नै पुर्याउने लक्ष यस पद्धतिले लिएको छ । कोभिड–१९को संक्रमण जारी रहेपनि शैक्षिक सत्र खेर जान नदिन भर्चुअल कक्षाको विकल्प छैन एकातर्फ यस वर्षको शैक्षिक शत्र खेरजाने त्रास छ । भने अर्को तर्फ बिद्यालयमा बिद्यार्थी बिद्यालयमा पढाउँदा कोरोना भाईरसको संक्रमण बढ्ने समस्या छदैछ ।

यस्तो अवस्थामा सरकारले अनलाईन बिधिबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यो बैकल्पिक उपाए स्वागत योग्य छ । तर, कर्णालीको सन्र्दभमा तालिकाले भन्दछ बिद्युतको पहूँच कति छ, ईन्टरनेट, टिभि र रेडियोको पहूँच कति छ ? रेडियो, टिभि ईन्टरनेटका माध्ययमबाट शिक्षालाई निरन्तरता दिने कुरामा सरकाले जोड दिईरहँदा जम्मा बिद्यार्थीको ८० प्रतिशत बिद्यार्थी सामुदायिक बिद्यालयमा पढ्छन् । तर, कोरोना भाईरसको महामारीका कारण यो महामारी सकिएको अवस्स्थामा पनि सबै भन्दा ढीलो खुल्नसक्ने संस्था हुन सक्छ भन्दै गत सोमबार प्रधानमन्त्रीले अब ५० लाख बिद्यार्थीहरुले बिना कुनै समस्या भर्चुअल कक्षा वा रेडियो, टिभि वा ईन्टरनेटद्वारा बिद्यार्थी पढाउने घोषणा गर्नुभएको छ । तर कति प्रतिशत बिद्यार्थी यी माध्यमको पहूँचमा छन् ? कर्णालीको प्रशंग जोड्ने हो भने बिद्युतको पहूँच २७ प्रतिशत जनतासंग मात्र छ ।

१. कर्णालीको प्रशंग जोड्ने हो भने
२. Share Cast संस्थाका अनुसार, कर्णाली प्रदेशमा :
२.१ रेडियाको पहूँच–७५ प्रतिशत
२.२ बिद्युतको पहूँच २७ प्रतिशत जनता संगमात्र छ ।
२.३ ईन्टरनेटको पहूँच –३२ प्रतिशत
२.४ टेलिभिजनको पहूँच –२२ प्रतिशत
३ बिभिन्न तथ्याङ्क अनुसार कर्णालीमा ५,८२,००० बिद्यार्थीले पढ्छन त्यस मध्य ३० हजार बिद्यार्थी कुनैपनि माध्यमको पहूँचमा छैनन् ।
४. भर्चुअल कक्षाबाट निजि बिद्यालयका २५ लाख र सामुदायिक बिद्यालयका ५६ लाख बिदार्थी प्रभावित छन ।
५. नेपालमा बिद्यालय उमेर समूहका बाल बालिका १,०३,३८४ संख्या अझै पनि बिद्यालय बाहिर छन ।
६. अधिकांश बिद्यालयमा बिद्युत्तीकरण छैन ।
७ः. धेरै बिद्यालयमा कम्पुटर र कम्पुटर शिक्षक छैनन् ।

 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार, २०७६ सालमा देशभरका बिद्यालयमा ७५ लाख ५८ हजार ३८८ बिद्यँर्थी भर्ना भएका थिए । ती मध्य ८० प्रतिशत बिद्यार्थी सामुदायिक बिद्यालयमा पढ्छन् । तर, यस वर्ष बिद्यालय नै कोरोना भाईरसको कहरका कारण भर्ना नै लिन सकिएको अवस्था छैन भने शेरकाष्ट संस्थाको तथ्याङ्क अनुसार कर्णालीमा रेडियोको पहूँच ७५ प्रतिशत, ईन्टरनेटको पहूँच ३२ प्रतिशत, टेलिभिजनको पहूँच २२ प्रतिशत र अन्य तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ५,८२,००० बिद्यार्थीले पढ्छन् । त्यसमध्य ३० हजार बिद्यार्थी कुनैपनि सञ्चार माध्यमको पहूँचमा छैनन् । कतिपय ठाँउमा रेडियो राम्रोसंग टिप्दैन । सबै भन्दा बढी पहूँच रेडियो नेपालको छ तर, सबै स्थानमा टिप्दैन । धेरै बिद्यार्थी टिभिको पहँचमा छैनन् । अझ धेरै बिद्यार्थी ईन्टरनेको पहूँचबाट धेरै टाढा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तो परिप्रेक्षमा पनि आंसिकरुपमा बिद्यालय सञ्चालन, अनलाईन वा अफलाईन पढाई, नयाँ मितिमा शैक्षिक शत्र शुरु गर्ने र पाठ्यक्रमको संक्षेपीकरण जस्ता बिकल्पहरु बिज्ञहरुले पनि दिएका छन । यसै अनुरुप सरकारले शिक्षामा बजेट बढाएर भएपनि बिद्यालयलाई आवश्यक पर्ने कम्पुटर, ल्यापटप, एन्ड्रोईड मोबाईल, बिद्युत, सोलार सिस्टम र ईन्टरनेटको ब्यवस्था मिलाएर भएपनि सरकारले अहिले चलिरहेको शैक्षिक शत्र सुचारु गर्नुपर्ने भविष्यका कर्णधारहरु बिद्यार्थीहरुको मौन ईच्छा छ । उनीहरुले एक वर्षको पढाईको मूल्य कहिल्यै पुरा नहुने चिन्ता पनि मौनरुपमा नै ब्यक्त गरेका छन् । हिमाली जिल्लाहरुमा फागुनदेखि सञ्चालन भएको यस वर्षको शैक्षिक शत्र करिव एक महिनामात्र पढाइ भएर अन्यौलमा नै छ । उनीहरको मंसिरमा हुने परीक्षा के गर्ने ? किन भने पढाइ सुरुभएको महिना दिन नपुग्दै २०७६ चैत्र ११ गते देखिको देशभरको बन्दा बन्दीकाकारण प्रभावित छन ।

बिद्यार्थीको ईच्छा के हो ?

हाम्रा बाल बालिकाहरुको ईच्छा भनेको उनीहरुले यो शैक्षिक शत्र जे जस्तो अवस्थामा भएपनि कोरोनाको महामारी जतिसक्दो चाडो समाप्त होस् र उनीहरु सदाझै बिद्यालयमा गएर पढ्ने, रमाउने र नयाँ कुरा सिक्ने हो । तर, भनेको जस्ता हुँदोरहेनछ । यस अवस्थालाई सरकारले बैकल्पीक उपायहरु अपनाएर भएपनि कक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । यसलाई निरन्तरता दिईयोस् ।

समस्याहरु के छन् ?

तर, समस्या धेरै छन् । त्यसमा सबै भन्दा खड्किएको समस्या भनेको बिद्यार्थीको समय तालिका हो । बिद्यार्थी घरमै छन् । घरको कामलाई अभिभावहरुले बिद्यार्थी अनुकुल समय मिलाउन समस्या छ । घरको काम र बिद्यार्थी टेलिभिजन अगाडी बस्न, रेडियो खोलेर रेडियो सुन्ने र बुझ्ने वा ईन्टरनेटको माध्यमबाट प्रशारण भएका शिक्षण सिकाइका कक्षाहरु सुनेर वा हेरेर र पढेर सिक्न सहज होला जस्तो लाग्दैन । कतिपय स्थानमा इन्टरनेट राम्रोसंग टिप्दैन । रेडियो नेपालको पहूँच देशभर ७५ प्रतिशत छ तर स्याँ–स्याँ गरेर प्रष्टसंग सुन्न सकिंदैन । सुनेपनि बुझिदैंन । धेरे बिद्यार्थीको घरमा रेडियो टिभि पनि उपलब्ध छैन । भए पनि बिद्यार्थीको पहूँचमा छैनन् । उनीहरुको अभिभावकहरुले उनीहरुलाई नदिने । यसमा बिद्यालयले सहजिकरण गर्न जरुरी छ ।

अव के गर्न सकिन्छ ?

सरकारले हरेक बिद्यालयहरुमा कम्पुटर शिक्षकको ब्यवस्था गर्नु पर्यो र बिद्युत नपुगेका बिद्यालयहरुमा ठुलो स्केलको सोलार प्यानल जडान गरेर बिद्यालयहरुमा बिद्युतकिरणको आवश्यक्ता छ । यसमा नजर पुगोस् । सबैको घरमा ईन्टरनेट सुबिधा दिनु पर्यो । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारले शिक्षाको बजेट बढाएर पैसा तिर्न नसक्ने अभिभावकहरुलाई ईन्टरनेटको सुबिधा दिनु पर्यो । तर, अहिले बिद्यालयले सिफारिस दियो भने ईन्टरनेट प्रदायक संस्थाहरुले सस्तोमा राम्रो प्याकेज पनि दिईरहेका छन् । त्यसलाई बिद्यालयले अभिभावकहरुलाई जानकारी दिनु पर्यो । त्यसैले भनिएको हो शिक्षामा जम्मा बजेटको कम्तीमा २० प्रतिशत बजेट छुट्याउनु पर्दछ भनेर । तर, छुट्टीएन । सांसद विकास कोषको रकम कटौती गरेर भएपनि बिद्यालयको बजेटमा थप्न सकिन्छ र उक्त बजेटबाट रेडियो नहुने बिद्यार्थीलाई रेडियो उपलब्ध गराउन सकिन्छ ।

यी यावत समस्याहरुलाइ समाधान गर्दै सरकारले बिद्यार्थीहरुलाई र बिद्यालयहरुलाई सुबिधा थपेर भएपनि यस शैक्षिक शत्र निरन्तरताको प्रयास अझ बढी गर्नुपर्दछ । नियमित हुने परीक्षाहरु, नियमित हुने कक्षा सञ्चालनलाई भर्चुअल बिधिद्वारा भएपनि निरन्तरता दिएर भएपनि यस शैक्षिक शत्र पुरा गर्नु पर्दछ । यसले बिद्यार्थीहरुलाई हौसला दिन्छ । खुशी दिन्छ र भावी जीवन अझ प्रगति उन्मुख हुन्छ र जस्तो समस्याहरु आएपनि शिक्षालाई असर पार्न सक्दैन भन्ने आत्मविश्वास पनि बढ्छ ।

सरकारले श्रोतको कमीका कारण वा मानव श्रोतको कमीका कारण वा कोरोना महामारीका कारण कुनैपनि बहानादेखाएर यो शैक्षिक शत्र खेर फाल्न हुँदैन । यदि यिनै या अन्य कारणले यो शैक्षिक शत्र खेर गयो भने बिद्यार्थी निरास हुनेछन । उनीहरको निराशा देशको निराशा हुनेछ ।