कोरोना देखिएको ५ महिनापछि भेरी अस्पताल बन्यो कोरोना विशेष अस्पताल


कोरोना देखिएको ५ महिनापछि भेरी अस्पताल बन्यो कोरोना विशेष अस्पताल

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमण देखिएको पाँच महिनापछि भेरी अस्पताल नेपालगन्जमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएकोछ ।

कोरोना विशेष अस्पताल सञ्चालनमा आएसगैं लक्षणदेखिएका कोरोना पोजेटिभको उपचारमा सहज हुनेछ । भने योसगै बाँकेको खजुरा गाउँपालिका स्थित शुसील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको विशेष कोरोना अस्पतालका सबै सेवा भेरीमा सारिएकोछ ।

बाँकेमै गत वैशाख १९ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाका पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि यता बाँकेमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेर आएकोछ ।

जिल्लामै कोरोना संक्रमित भेटिएको पाँच महिना पछि यस क्षेत्रकै अग्रणी तथा पुरानो भेरी अस्पतालमा आज बिहीबारबाट कोरोना विशेष अस्पतालको सेवा सुरु गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना विशेष अस्पतालको प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले एक कार्यक्रमकाबिच उद्घाटन गरे ।

भेरी अस्पताल परिसरभित्र रहेको भवनमा दाताहरुसँग सहयोग जुटाएर ८ बेड आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पताल बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका हरेक बेडमा अक्सिजन दिनसक्ने ब्यवस्था मिलाईएको छ । भने यसका लागि एक सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको सो औपचारिक कार्यक्रममा प्रदेश सांसदहरु आइपी खरेल, विजय बहादुर यादव, प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरी, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर, कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डाक्टर श्यामसुन्दर यादव लगायतको उपस्थिती रहेको थियो ।