सिजीको गम्भीर लापरबाहीले कोरोना फैलियो


सिजीको गम्भीर लापरबाहीले कोरोना फैलियो

बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योगको गम्भीर लापरबाही पाइएकोछ । उद्योगको गम्भीर लापरबाहीका कारण उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरमा कोरोना भाइरस फैलिएकोछ । जसले गर्दा यतिबेला उद्योग नै सिल गरिएको छ ।

गत भदौ १७ गते पहिलो पटक सोही उद्योगमा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वेवास्ता गर्दै उद्योगको कार्यलाई निरन्तरता दिएपछि त्यहाँ कार्यरत अधिकांश मजदूर तथा कर्मचारीमा कोरोना फैलिएको हो ।

कोरोना नियन्त्रणका लागि उद्योगले पहिलो संक्रमित कर्मचारीको ट्रेसिङ्ग गरि संक्रमण फैलिन नदिनका लागि आवश्यक कार्य गर्नुपर्नेमा त्यसो नगरेको पाइएको छ ।

पहिलोपटक उद्योगककी महिला कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योगले उच्च सावधानी अपनाउदै उनको सम्पर्कमा आएका सबैलाई कन्ट्रयाक्ट ट्रेसिङ्ग गरि होम क्वारेन्टिनमा राखिनुपर्ने थियो तर, उद्योगले त्यसो गरेन । उद्योगका कर्मचारीलाई काममा लगाइराख्यो जसका कारण यतिबेला उक्त उद्योगमा कार्यरत ६२ जना भन्दा बढि कर्मचारी तथा मजदूर कोरोना संक्रमित भइसकेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

६२ जना कोरोना संक्रमित भएपछि अहिले सो उद्योगलाई सिल गरिएको छ । कर्मचारी तथा मजदूरहरुले कोरोना संक्रमित हुदाँ हुदैं तयार पारेको चाउचाउ बजारमा आउने तयारीमा रहेको छ । तर, यसका लागि सम्बन्धित निकायले भने कुनै चासो दिएकोछैन ।

कोरोनाको हटस्पट बनेको बाँसगढी नगरपालिकामा गएको भदौ २२ गते देखि जारी गरिएको निषेधाज्ञा कायमै रहेको छ । जिल्ला प्रशासन कार्यालय र बाँसगढी नगरपालिकाले अलग अलग सूचना निकालेर २८ गतेसम्म निषेधाज्ञा जारी गरेको भने पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको पाइएको छैन । पसल नखुलेतापनि सामान्यतया मानिसको हिडँडुल भने भैरहेको छ । स्थानीयबासीका अनुसार निषेधाज्ञा कडाइका साथ लागु नहुँदा झन् उच्च जोखिम बढेको छ ।

सिजि उद्योगमा कार्यरत कर्मचारी र मजदूर कोरोना पाजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालय बर्दियाले पोजेटिभ देखिएकाहरुका परिवारको पीसीआर टेस्ट गर्ने कार्यालय अगाडि बढाएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जन स्वास्थ्य अधिकृत गोकर्ण गीरीले बताए । उद्योगमा कार्यरत कोरोना पोजेटिभ भेटिएकाका आफन्त र घर परिवारको टेस्ट प्रकृया चलिरहेको छ । बर्दियामा कोरोना समुदायमा फैलिसकेको छ । पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपनि त्यस्ता अधिकाशं संक्रमितमा कुनै लक्षण भने देखिएको छैन ।