बाँकेमा कोरोना संक्रमित संख्या १४१९ पुग्दा, ९८५ जनाले कोरोना जिते


बाँकेमा कोरोना संक्रमित संख्या १४१९ पुग्दा, ९८५ जनाले कोरोना जिते

नेपालगन्ज : रिएजेन्ट अभावका कारण बन्द भएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण पुनः शुचारु भएकोछ । स्वाब परीक्षण पुनः सुचारु भएसगैं बाँकेमा थप ५५ जनामा कोरोना संक्रमण देखिएकोछ ।

रिएजेन्ट अभावका कारण शुक्रबार भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालाले कुनैपनि पीसिआर जाँच गरेन । जसका कारण शुक्रबार भेरी अस्पतालको उक्त प्रयोगशालाले कुनैपनि रिर्पोट सार्वजनिक गर्न सकेन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अबेर राती ९ सय र प्रदेश सरकारले पठाएको एक सय रिएजेन्ट शुक्रबार अबेर राती भेरी अस्पताल नेपालगन्ज आइपुगेसगैं यसअघि संकलन गरिएको स्वाब परीक्षण भएपछि शनिबार पीसिआर रिर्पोट आएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला र बागेश्वरी ल्याबमा गरिएको परीक्षणका क्रममा शनिबार पहिलो चराणमा बाँकेका १२ महिला र २८ पुरुष गरि थप ४० जना ब्यक्तिमा कोरोना देखिएको छ । भने भेरी अस्पताल नेपालगन्जको दोस्रो चरणमा आएको रिर्पोटमा खजुरा गाउँपालिकाका २ र नेपालगन्ज उपमहानगरपालिकाका १३ जना गरि थप १५ जनामा कोरोना संक्रमण देखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरीको दोस्रो चरणमा आएको पीसिआर रिर्पोटका ११ महिला र ४ पुरुष तथा पहिलो चरणका १२ महिला र २८ पुरुष गरि शनिबार कुल २३ महिला र ३२ पुरुष गरि ५५ जनामा कोरोना संक्रमण देखिएकोछ । यो सहित बाँकेमा कोरोना भाइरस संक्रमित कुल संख्या एक हजार ४ सय १९ पुगेकोछ ।

यसरी बाँकेमा कोरोना संक्रमण देखिनेमा मालपोत तथा भूमिसुधार कार्यालय, बाँकेका आठ जना कर्मचारीसहित बाँकेका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका लेखा अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

उनका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा ५० जना र बागेश्वरी ल्याब कोहलपुरमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो । यसरी कोरोना संक्रमित देखिनेमा बर्दिया, दाङ र संखुवासभाका ब्यक्तिमा समेत कोरोना देखिएकोछ ।
यसबीच बाँकेबाट शनिबार थप १५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषले कोरोना जितेर घर फर्किएका हुन् ।

शनिबार डिस्चार्ज हुनेमा मेडिकल कलेज चिसापानी आइसोलेसनबाट सात, भेरी अस्पतालबाट दुई, होटल इन्द्रेणीबाट दुई, होटल सिटी प्यालेस आइसोलेसनबाट दुई र लायन्स डेण्टल तथा सुशील कोइराला क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट एक–एक जना डिस्चार्ज भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या नौ सय ८५ पुगेको छ । यस्तै जिल्लाका विभिन्न आइसोलेसन तथा अस्पतालमा ४ सय २७ जना कोरोना संक्रमित उपचाररत रहेकाछन् ।

यसबिच बाँकेमा ४ महिला ४ पुरुष गरि ८ जनाको ज्यान गइसकेकोछ । बाँकेमा मृत्यु हुनेको संख्या हेर्दा नेपालगन्ज उपमहानगरपालिकाका ५ जनाको ज्यान गएकोछ । बाँकेको नरैनापुर, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।