कोरोनाको स्वाब परीक्षण गर्ने प्राविधिक नै संक्रमित


कोरोनाको स्वाब परीक्षण गर्ने प्राविधिक नै संक्रमित

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा खटिएर हजारौंको स्वाब परीक्षण गर्ने एकजना प्राबिधिक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ का प्राविधिक स्वास्थ्यकर्मी प्रचण्ड गौतमलाई कोरोना संक्रमण भएको हो ।

गौतम भेरी अस्पतालमा पीसिआर परीक्षणको सुरुवातदेखि नै प्रयोगशालामा कार्यरत छन् । उनले सोमबार आफू कोरोना पोजेटिभ भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेकाछन् ‘जिवनमा अनुभव गर्न पाइयो । म्याई लर्ड । सन्दर्भ कोरोना ३८८०० नमुना परीक्षण गरियो २०२९ जना संक्रमितलाई आइसोलेसन पठाइयो २०३० नम्बरमा आफू परियो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उनले आफ्नो फेसबुक स्टाटसमा आगडी थप्छन्–‘छोराको जन्मदिन पीसिआर जाँच गरेरर जन्मदिन मनाउन घर जाउ भन्ने सोच आयो । त्यही सोचले आइसोलेसन पुर्यायो । लक्षण चिन्ह कुनैपनि छैन । म सुरक्षित छु ।’ यस्तै उनको उक्त स्टाटसमा अगाडी लेखिएकोछ–‘ अब मलाई लाग्छ घरघर, टोलटोलमा स्वाब संकलनको कुनै अर्थ छैन । अस्पताल, आइसीयु, भेन्टिलेटर प्रयाप्त र मजबुद बनाउ, लक्षण सहित अस्पतालमा आउने बिरामीको परीक्षण गर सरकार ।’

कोरोना भाइरस संक्रमणको दर बढिरहदाँ पीसिआर जाँचमा अहोरात्र खट्ने प्राविधिक स्वास्थ्यकर्मी नै संक्रमित भएपछि यतिबेला भेरीको स्वाब परीक्षणमा जटिलता ल्याएको छ ।