कोरोना जितेर घर फर्के पत्रकार भण्डारी


कोरोना जितेर घर फर्के पत्रकार भण्डारी

नेपालगन्ज : कोरोना र कोरोनाका विरामीको समाचार लेख्दा लेख्दै संक्रमित बनेका पत्रकार दामोदर भण्डारी निको भएर फर्केका छन् । गत भदौ १६ गते मङ्गलबार विहान पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

संक्रमित हुनुपूर्व गत सोमबार विहान देखि उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन कक्षमा रहेर उपचार गराइरहेका सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा सेतोखरी डटकमका अध्यक्ष तथा सम्पादक भण्डारीलाई निमोनिया देखिएको थियो ।

पत्रकार भण्डारीलाई फोक्सोमा निमोनिया भएपछि कष्टकर स्वास्थ्य लाभ लिई संक्रमित भएको १५ औं दिनमा उनी आज डिस्चार्ज भएका हुन् ।
आइसोलेसनमा रहँदा उनले ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या खेपेका थिए । कोरोनालाई जितेर घर फर्केका पत्रकार भण्डारी चिकित्सकको परामर्श अनुसार अझै थप एक हप्ता होम आइसोलेसनमा रहनेछन् ।

मङ्गलबार बिहान कोरोना जितेर डिस्चार्ज भएका भण्डारीलाई स्वागत गर्न नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल, पत्रकारहरु नविन गिरी, गोविन्द शर्मा, चेतकान्त भट्टराई, रामु ओली,रविन्द्र शाही, दीपक राई, रवि कनोजिया तथा कोहलपुरका समाजसेवी तथा काँग्रेस नेता चिन्तामणी धिताल लगायत शुभेच्छुकहरुले खादा तथा पुष्प गुच्छा प्रदान गरि स्वागत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

डिस्चार्ज भएसगैं पत्रकारहरुसंग कुरा गर्दै भण्डारीले सोचेजस्तो कोरोना छैन, यो खतरा छ । यसबाट सबैजना सजग र सचेत हुदै बच्नुपर्ने बताए । उनले भने–‘म अहिले स्वस्थ्य भएको महसुस गरिरहेकोछु । यसबीच मलाई माया गरेर मेरो स्वास्थ्यप्रति चिन्ता, चासो ब्यक्त गर्दै प्राथना गर्ने सम्पूर्ण ईष्टमित्र, शुभेच्छुक, स्वास्थ्यकर्मी लगायतलाई धन्यबाद दिन चाहान्छु ।’

उनले अगाडी थपे–‘कोरोना भाइरसबाट निको भइन्छ तर, लक्षणसहितको कोरोना भाइरस अन्यभन्दा जटिल छ । म केही दिनमै कोरोना भाइरस संक्रमितको उपचारका लागि प्लाज्मा समेत दान गर्नेछु ।’

पत्रकार भण्डारी जिल्लामा पछिल्लोपटक संक्रमित हुने मध्येका चौथो पत्रकार हुन् । यसअघिका पत्रकार मेघराज ओली, खगेन्द्र दाहाल र कमल विक निर्मोहीमा कोरोना संक्रमण सम्बन्धि कुनै लक्षण देखिएको थिएन । उनीहरु सबैले कोरोना जितेर पुनः आफ्नो कार्यमा फर्किसकेकाछन् ।

यसैबीच बाँकेमा मङ्गलबार पत्रकार भण्डारीसहित डाक्टर, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना डिस्चार्ज भएकाछन् ।
जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १८ महिला र २४ पुरुष गरी ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ७८ पुगेकोछ ।

बाँके मङ्गलबारसम्म एक हजार ४ सय ६९ जना कोरोना संक्रमित रहेकाछन् । जसमध्ये हालसम्म ३ सय ८६ जना कोरोना भाइरस सक्रिय कोरोना संक्रमित उपचाररत छन् । भने बाँकेका ४ पुरुष र ४ महिला गरी ८ जनाको मृत्यु भइसकेकोछ ।