प्लाज्मा थेरापीबाट कोरोना संक्रमित निको भएपछि प्लाज्मा दान गर्ने बढे


प्लाज्मा थेरापीबाट कोरोना संक्रमित निको भएपछि प्लाज्मा दान गर्ने बढे

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमित ब्यक्तिको प्लाज्मा थेरापीबाट सफल उपचार भएपश्चात यतिबेला प्लाज्मा दान गर्नेको संख्या बढ्न थालेकोछ ।

यसअघि जिल्लामै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्षले प्लाज्मा दान गरेका थिए । रिजालको प्लाज्माबाट सल्यान शारदा नगरपालिका–६ का कोरोना संक्रमित प्रविण केसी सफल उपचार गरिएको थियो । उनी हाल निको भएर घर फर्किसकेकाछन् ।

जिल्ला मै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गराउने ब्यक्ति निको भएपछि यतिबेला प्लाज्मा दान गर्नेको संख्या बढ्ना थालेको हो । यहीबीच सोमबार बाँकेमा थप दुईजनाले प्लाज्मा दान गरेकाछन् ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएका बाँकेकाको खजुरा गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र दाहाल र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११ का ४० वर्षीका सन्तोष पाठकले प्लाज्मा दान गरेका हुन् । उनीहरुले भेरी अस्पताल प्राङ्गणमा रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा प्लाज्मा दान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

पत्रकार दाहालले संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमण मुक्त भएको ३६ दिनपछि प्लाज्मा दान गरेका हुन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त भएका सात जनाले प्लाज्मा दान गरिसकेकाछन् ।

यसअघि वडा अध्यक्ष प्रमोद रिजालसहित रामराजा चौधरी, गोपाल कुमार गिरी, रामहरी अधिकारी र खडानन्द पाण्डेले प्लाज्मा दान गरिसकेकाछन् । भने रिजाल, अधिकारी र पाण्डेको प्लाज्मा प्रयोग भइसकेको छ ।

प्लाज्मा दान गरेका मध्ये चारजनाको प्लाज्मा सञ्चित गरि राखिएको प्लाज्मा कलेक्सनमा समन्वय गर्दै आएका भेरी अस्पताल नेपालगन्जका सिनियर अहेव होमनाथ सुवेदीले जानकारी दिए ।