एकैदिन थपिए १४५९ कोरोना संक्रमित


एकैदिन थपिए १४५९ कोरोना संक्रमित

नेपालगन्ज : नेपालमा कोरोना भाइरसका थप एक हजार ४ सय ५९ संक्रमित फेला परेका छन् । पछिल्लो समय एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो । योसगैं हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । भने मङ्गलबारसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६ सय ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २५० जना क्वारेन्टिनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १ सय २३ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ६ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु भएकोछ । योसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ ।