थप ४३ जनामा कोरोना पुष्टि


थप ४३ जनामा कोरोना पुष्टि


नेपालगन्ज : बाँकेको कोरोना भाइरस संक्रमति संख्या एक हजार ५ सय १२ पुगेकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ४१ र बागेश्वरी ल्याबबाट २ जना गरि ४३ जना थपिएसगैं बाँकेको कुल कोरोना संक्रमित संख्या एक हजार ५ सय १२ पुगेको हो ।

मङ्गलबार कोरोना संक्रमित देखिनेमा १४ महिला र २९ पुरुष रहेकाछन् । यस्तै मङ्गलबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ४२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । योसगैं बाँकेमा कोरोनालाई जित्नेको संख्या एक हजार ७८ पुगेकोछ । भने जिल्लामा हालसम्म ४ सय २६ जना मात्र कोरोा संक्रमित विभिन्न आइसोलेसनमा रहेका उपचार गरिरहेका छन् ।

मङ्गलबार थपिएका कोरोना संक्रमितहरुको विवरण यस्तोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का २१ र २६ वर्षिय पुरुष, वडा नम्बर ९ का २७ र २५ वर्षिय महिला, वडा नम्बर १० का २० वर्षिय युवा, वडा नम्बर ९ का ४५ वर्षिय पुरुष, वडा नम्बर १९का ३० वर्षिय पुरुष, वडा नम्बर १० का ३४ वर्षिय पुरुष र ५२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का २९ वर्षिय पुरुष, वडा नम्बर ९ का २९ वर्षिय महिला र ३१ वर्षिय पुरुष, वडा नम्बर १० का १२ वर्षिया बालिका तथा भेरी अस्पतालका ३९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ३० वर्षिय पुरुष, वडा नम्बर १८ का २६,२८, २६ र ४७ वर्षिय पुरुष तथा ५०, ४६ र २० वर्षिय महिलामा कोरोना भाइरस देखिएकोछ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० का ३० र ४३ वर्षिय पुरुष तथा ३८ वर्षिय महिला, वडा नम्बर १३ का ६७ वर्षिय पुरुष र ६४ वर्षिय महिला, वडा नम्बर ९ का १७ वर्षिय बालक र २४ वर्षिय पुरुष, वडा नम्बर ४ का ४० वर्षिय महिला, वडा नम्बर १ का ३१ वर्षिय महिला र वडा नम्बर १५ का २८ वर्षिय महिलामा कोरोना भाइरस पुष्टि भएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका २५,४५,२२ र २८ वर्षिय दुई युवा तथा ४६ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ । त्यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १० का ३४ वर्षिय पुरुष, खजुरा गाउँपालिका वडा नम्बर ७ का ५० वर्षिय पुरुष, वडा नम्बर १ का ४७ र ४८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ । ठेगाना नखुलेको बाँकेको ५१ वर्षिय पुरुष तथा बासगढी–५ बर्दियाका ४० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।