नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट निको भएका बाँकेका पत्रकार खगेन्द्र दाहालले कोरोना बीमा बापत एक लाख रुपैयाँ पाएकाछन् ।
बाँकेको खजुरा स्थित पत्रकार दाहालको घरमा पुगेर ५ नम्बर प्रदेश पत्रकार महासंघका महासचिव भेषराज बस्नेतले मङ्गलबार एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
पत्रकार दाहाललाई गत साउन २३ गते कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेसन र ७ दिन होम आइसोलेसन बसेर यतिबेला पुनः नियमित काममा फर्किसकेका छन् ।
कोरोना भाइरस संक्रमणकाबीच पाँच नम्बर प्रदेश पत्रकार महासंघले प्रदेशका २ सय १४ जना पत्रकारको कोरोना बीमा गरेको थियो । बाँकेमा कोरोना बीमाबापत बीमा रकम पाउने पत्रकार दाहाल पहिलो पत्रकार हुन् ।
हालसम्म बाँकेमा दाहालसगैं मेघराज ओली, कमल विक निर्मोही र दामोदर भण्डारीसहित चारजना कोरोना संक्रमित भइसकेकाछन् । मङ्गलबार मात्रै पत्रकार दामोदर भण्डारीले कोरोना जितेर घरफर्किसकेकाछन् । बाँकेमा पहिलो कोरोना संक्रमित हुने पत्रकार मेघराज ओली हुन् ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै