कोरोना बीमाबापत पत्रकार दाहालले पाए एक लाख


कोरोना बीमाबापत पत्रकार दाहालले पाए एक लाख

नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट निको भएका बाँकेका पत्रकार खगेन्द्र दाहालले कोरोना बीमा बापत एक लाख रुपैयाँ पाएकाछन् ।

बाँकेको खजुरा स्थित पत्रकार दाहालको घरमा पुगेर ५ नम्बर प्रदेश पत्रकार महासंघका महासचिव भेषराज बस्नेतले मङ्गलबार एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

पत्रकार दाहाललाई गत साउन २३ गते कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेसन र ७ दिन होम आइसोलेसन बसेर यतिबेला पुनः नियमित काममा फर्किसकेका छन् ।

कोरोना भाइरस संक्रमणकाबीच पाँच नम्बर प्रदेश पत्रकार महासंघले प्रदेशका २ सय १४ जना पत्रकारको कोरोना बीमा गरेको थियो । बाँकेमा कोरोना बीमाबापत बीमा रकम पाउने पत्रकार दाहाल पहिलो पत्रकार हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

हालसम्म बाँकेमा दाहालसगैं मेघराज ओली, कमल विक निर्मोही र दामोदर भण्डारीसहित चारजना कोरोना संक्रमित भइसकेकाछन् । मङ्गलबार मात्रै पत्रकार दामोदर भण्डारीले कोरोना जितेर घरफर्किसकेकाछन् । बाँकेमा पहिलो कोरोना संक्रमित हुने पत्रकार मेघराज ओली हुन् ।