राप्तीसोनारीमा १५ शैयाको अस्पताल स्थापना गर्ने निर्णय


राप्तीसोनारीमा १५ शैयाको अस्पताल स्थापना गर्ने निर्णय

बाँके (अगैया) : राप्तीसोनारी गाउँपालिकाले १५ शैयाको अस्पताल स्थापना गर्ने भएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको बैजापुर स्वास्थ्य चौकीको स्तरोन्नती गरेर अस्पताल स्थापना गर्न लागिएको हो ।

अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको गाउँपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै बैठकले हरेक वडामा १/१ जनाको दरले ९ वटै वडामा पशु प्राविधिक राख्ने निर्णय पनि गरेको उनले बताए । यसैगरी गाउँपालिका क्षेत्रमा रहेका ऐलानी जग्गा पनि ब्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि सबै वडामा ६ महिनाका लागि अमिनको ब्यवस्था गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाउँपालिकाको सबै वडामा ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न टोली खटाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल सुरु गर्ने, चालु आर्थिक वर्षका योजना कार्यक्रम तत्काल गर्ने, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा कोसेली घर निर्माण गर्ने, राप्तीसोनारी बाटो ग्राभेल अभियान सबै वडामा सञ्चालन गर्ने लगायत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।