यातायात सञ्चालनमा नयाँ नियम, बस व्यवसायी, चालक र यात्रुले के–के गर्नु पर्ने ?


सेतोखरी सेतोखरी   बिहीबार, असोज १, २०७७
यातायात सञ्चालनमा नयाँ नियम, बस व्यवसायी, चालक र यात्रुले के–के गर्नु पर्ने ?



काठमाडौं : असोज १ गतेदेखि लामो, मध्यम र छोटो दुरीको यातायात सञ्चालन शुरु हुने भएपछि सरकारले नयाँ मापदण्ड अघि सारेको छ ।

मन्त्रीपरिषदको विहिवार बसेको बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने नियम लगाएको छ । त्यस्तै भौतिक दुरी कायम हुने गरि एक पंक्तिको सिटमा एक जना मात्र यात्रु राख्ने पाइने भएको छ । सिटमा बाहेक यात्रु राख्न नपाइने नियम लागु गरिएको छ ।

कोरोना संक्रमणको वृद्धिसँगै संक्रमणको जोखिम बढेकोले यो नयाँ नियम लागू गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बस व्यवसायीले गर्नु पर्ने

Kids Festival 2022
kanti aarogya hospital
  • सिट क्षमतामा ५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने
  • एक पंक्तिको सिटमा एक जनामात्र राख्ने
  • सिटमा बाहेक यात्रु राख्न नपाउने
  • यात्रु चढ्ने समयमा सवारी साधनको ढोेकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने
  • सवारी साधन दैनिक निसङ्क्रमित गर्ने

चालक, सहचालकले गर्नु पर्ने

  • मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने
  • तोकिएको भाडादरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सक्ने

यात्रुले गर्नु पर्ने

  • सबै यात्रुले मास्क लगाउनु पर्ने