प्रदेश ५ मा सबै भन्दा बढी कोरोना संक्रमित बाँकेमा

महिला मात्रै ३ सय ६० संक्रमित, कुन उमेरका कति ?


सेतोखरी सेतोखरी   बिहीबार, असोज १, २०७७
प्रदेश ५ मा सबै भन्दा बढी कोरोना संक्रमित बाँकेमा


काठमाडौं : प्रदेश ५ को सबैभन्दा बढी संक्रमित रहेको बाँकेमा पुरुषसँगै संक्रमित महिलाको संख्या बढ्दै गएको छ । हालसम्म ३ सय ६० जना महिलामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बाँकेमा १० वर्ष मुनिका २३ जना बालिकाहरु संक्रमित भएका छन् । त्यस्तै ११ देखि २० वर्ष उमेर समूहका ३० जना संक्रमित पुष्टि भएका छन् ।

यसैगरि २१ देखि ३० वर्ष उमेर समूहका १ सय २५ जना महिलामा संक्रमण भएको छ । ३१ देखि ४० वर्ष उमेरका ४२ जना महिला संक्रमित भएका छन् । ४१ देखि ५० वर्ष उमेर समूहका ५२ जना संक्रमित छन् ।

५१ देखि ६० वर्ष उमेरसमूहका २७ जना महिला संक्रमित छन् । ६१ वर्षदेखि ७० वर्ष सम्मका ७ जना महिला संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७१देखि ८० वर्ष समूहमा ६ जना महिला संक्रमित भएका छन् । ८० वर्ष नाघेकी एक जना वृद्धा महिला पनि संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित महिलामध्ये ७ जनाको भने प्रष्ट उमेर खुलेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, बाँकेमा हालसम्म १ हजार ४ सय ७७ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये महिला ३ सय ६० जना छन् । पुरुष संक्रमितको संख्या १ हजार १ सय १७ पुगेको छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।